मधेस केन्द्रीत ५ दलबीच एकता,नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राख्ने सहमति



काठमाडौ (नेस) ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध पाँच राजनीतिक दलहरुबीच एकता हुने सहमति भएको छ ।

सदभावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनाधिकार फोरम गणतान्त्रिकबीच बिहिबार दिउँसो २ बजे एकताको घोषणा हुने भएको छ ।

नयाँ पार्टीमा अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीलाई समेट्ने प्रयास भइरहेको दलहरुलले जानकारी दिएका छन ।
गएराति ललितपुरमा बसेको बैठकले पार्टी एकता गर्ने निष्कर्समा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्