ट्याङ्करको ठक्करबाट एकको मृत्यु



भक्तपुर, ५ वैशाख । मध्यपुरथिमि नगरपालिका गठ्ठाघर चोकमा गएराति एक ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडाँैतर्फ जाँदै गरेको ना ४ ख ५२५८ नम्बरको ट्याङ्करले सानोठिमीबाट गठ्ठाघर हँुदै कौशल्टारतर्फ जाँदै गरेको बा ८३ प ९४३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार बस्ने १९वर्षीया सुष्मा कुटुको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।

दुर्घटना पछि नागरिक अस्पतालमा उपचारको क्रममा कुटुको ज्यान गएको जानकारी दिँदै प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्याम ओलीले ठक्कर दिने ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्