स्थानिय निर्वाचनले पेन्सन क्याम्पको तालिका प्रभावित



अनिल खत्री, गुल्मी । स्थानिय तह निर्वाचनले भारतिय सेना बाट अबकास प्राप्त भु.पु.सैनीकहरुका लागी बितरण गरिने पेन्सन क्याम्प समय तालिका हेरफेर भएको छ ।

भारतका बिभिन्न सेना तथा बिभिन्न सरकारी सेवाबाट अवकाश प्राप्त भुपुहरुलाई बितरण गरिने पेन्सन क्याम्पको तालिका गुल्मीका सारिएको जिल्ला सैनिकबोर्ड गुल्मीले जनाएको छ । गुल्मीमा यहि बैशाख २८ गते देखि ९ गते चल्ने भनिएको झण्डै १ महिना पछी बितरण गरिने भएको छ ।

सदरमुकाम तम्घासमा आगामी जेठ २६ गते बाट असार ७ गते सम्म बितरण गरिने भएको जिल्ला शैनिक बोर्ड गुल्मीका सेक्रेटरी बिष्णुकुमार थापाले जानकारी दिए । अबकाश प्राप्त भुपुलाई प्रत्येक वर्षको ६÷६ महिनामा पेन्सन बितरण गरिदै आएको छ ।

तम्घासमा बितरण हुने गुल्मी जिल्ला लगायत बाग्लुङ्ग, अर्घाखाँची, प्युठान लगायतका ठाउँका भुपुहरु करिव ७ हजार भन्दा वढीले पेन्सन क्याम्पमा बुभ्mने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्