प्रेरणाका स्रोत वृद्धवृद्धाका आँसु कसले पुछ्ने ?



खेमराज निरौला
मानिस एउटा निश्चित उमेर पार गरिसकेपछि शारीरिक रूपमा कमजोर हुन्छ। उसका अङ्गप्रत्यङ्गको क्रियाशीलतामा शिथिलता आउन थाल्दछ।

यस्तो प्रक्रियालाई हामी वृद्धवृद्धाको अवस्था भनेर बुझ्छौं, जुन प्राकृतिक नियम पनि हो। मानिस मात्र नभएर अन्य प्राणीमा पनि यो नियम लागू हुन्छ। फरक यति मात्र हो, मानिस चेतनशील प्राणी भएका कारण यस्तो अवस्थामा प्रवेश गरेपछि आपूmलाई अलिकति सहज र सरल बनाउन कोसिस गर्दछ। तर अन्य प्राणीमा यस्तो हुँदैन, जुन मानवमा हुन्छ।

हाम्रो समाजमा वृद्धवृद्धा भन्ने बित्तिकै बोझ र घृणाको नजरले हेर्ने गरिन्छ। उनीहरुको अवस्था देखी छि–छि र दूरदूर गर्ने कुसंस्कारले हाम्रो समाजमा जरा गाडेर बसेको छ। २०६८ सालको जनगणनाअनुसार कूल जनसंख्याको करिब ८.६ प्रतिशतको हाराहारीमा रहेका वृद्धवृद्धा विभिन्न समस्या र पीडाबाट ग्रसित रहेका छन्। उनीहरुले अहिले पर्याप्त मात्रामा हेरचाह र पारिवारिक स्नेह पाउन सकिरहेको अवस्था छैन। कतिपय परिवारका वृद्धवृद्धाहरु बुढेसकालमा घरबाट निकालिएर आश्रमलगायतका ठाउमा कष्टपूर्ण जीवन बिताउन बाध्य छन्।
हाम्रो मूलुकमा बाबुआमाले कमाएको सम्पत्ति छोराछोरीको उमेर पुगेपछि उनीहरुलाई अंशका रुपमा उनीहरुका नाममा पास गरिदिनुपर्ने कानुनी व्यवस्था भएका कारण ज्येष्ठ नागरिकहरुले बुढेसकालमा विभिन्न खालका दुःख–कष्ट झेल्नुपरेका प्र्रशस्त उदाहरणहरु हाम्रो गाँउ समाजमा छन्।

कुनै बेला अंश दिने प्रचलन सही भए तापनि अहिले आएर यो प्रथा गलत साबित भएको महशुस गर्न थालिएको छ। कतिपय वृद्ध आमाबुबाका लागि त यो अभिषाप नै साबित भएको छ।

आपूmले जीवनभर खाइ–नखाइ दुःख खेपेर आर्जन गरेको सम्पत्ति छोराछोरीलाई बाँडिदिएपछि बावुआमाको बिजोग भएको धेरै उदाहरण हाम्रो समाजमा छन्। यदाकदा सुनिन्छ– ‘करोडपति बाबुका एउटा छोरो, बाबुआमाले तिन पुस्ता पुग्ने गरी सम्पत्ति कमाइदिएका छन्, किन जागिर खानुपर्यो ? किन दुःख गर्नुपर्यो ?’ यस्ता खालका फुइँ लगाउने प्रवृत्तिले समाजमा विकृति बढेको छ।
जसको सम्पत्ति अकुत छ त्यस्तै परिवारका छोराछोरी लागूपदार्थ र दुव्र्यसनको कूलतमा फसेका प्रशस्तै उदाहरण छन्। बाबुआमाले कमाएको सम्पत्तिको धाक÷रवाफ लगाएर आफ्नो भविष्यका बारेमा रति पनि चिन्ता नलिने छोराछोरीले बाबुआमाको बुढेसकालमा भरपर्दो सहारा बन्न सकेका छैनन्। वृद्धवृद्धा हाम्रा प्रेरणाका स्रोत हुन्। उनीहरुले पुस्तौंपुस्तालाई इतिहास सुनाउँछन्, ज्ञानगुनका कुरा सिकाउँछन्, असल मार्गमा लाग्नलाई प्रेरित गर्दछन्।

तर आफ्नै सन्ततीबाट बूढाबूढीहरुले तिरष्कृत हुनुपरेको छ, अपहेलित हुनुपरेको छ। बुढेसकालमा गहभरि आँसु बोकेर एक्लो भएको अनुभव गर्नुपरेको छ। अहिलेको हाम्रो पिँढी मैले पनि केही गर्नुपर्छ, पैसा कमाएर बुढा भएका बाबुआमाको हेरचाह गर्नुपर्दछ, उनीहरुलाई सधैं खुसी राख्न सक्नुपर्दछ भन्ने भावनाको विकास हुनु जरुरी छ।
पैतृक सम्पत्तिको रवाफ लगाउने प्रवृतिले वृद्धवृद्धाले नानाथरीका गालीगलौज खपेर बाचिरहनुपरेका उदाहरण हाम्रो समाजमा धेरै छन्। वृद्धवृद्धाको सम्मानस्वरुप गरेको भत्ताको व्यवस्थाले उनीहरु धेरै हदसम्म आफूलाई सम्मानित भएको महशुस गरेका छन्। अहिले मासिक रूपमा रु. २०००।– पाउँदा वृद्धवृद्धा निकै हर्षित भएका छन्।

आशा गरौं, आगामी सरकारहरुले उक्त व्यवस्थालाई अझ बढाएर उनीहरुको मुहारमा अझ हाँसो ल्याउने काम गर्नेछ। अहिले सरकारले १० प्रतिशत आपूmले कमाएको आमाबाबुलाई छुट््याउनुपर्ने व्यवस्था गरेको सुनिन्छ। तर थाहा छैन, यो नियम कत्तिको प्रभावकारी हुन्छ ? तर यसबाट के आशा गर्न सकिन्छ भने, केही हदसम्म भए पनि यस व्यवस्थाबाट वृद्धवृद्धाले बुढेसकालमा आपूmलाई केही सुरक्षित महशुस गर्न सक्छन्।
अंशबण्डका नाममा छोराछोरीलाई पैतृक सम्पत्ति दिने परम्परा कानुनीरूपमा बन्द गर्ने हो भने समाजमा हुने धेरै विकृतिमा कमी ल्याउन सक्छ। मैले भविष्यका लागि केही गर्नुपर्छ भन्ने भावना उनीहरुमा विकास हुन्छ। यसो भए मात्र वृद्ध बाबुआमाले पनि बुढेसकालमा दुःख पाउँदैनन्।

वृद्धाश्रम वा घर छाडेर हिँड्नु वा अन्यत्र कतै पनि जानुपर्दैन। पश्चिमा मुलुकहरुमा छोराछोरी १५ वर्ष काटिसकेपछि बाबुआमाबाट अलग हुन्छन्।

त्यसपछिको जीवन उसले आफ्नै बुद्धि र विवेकले चलाउनुपर्ने हुन्छ। उनीहरुलाई हाम्रो मुलुकमा जस्तो बाबुआमाले अंश दिने प्रचलन हुँदैन, गुणस्तरीय शिक्षाबाहेक। बाबुआमासँग झगडा गर्ने त परै जाओस् एक शब्द पनि नबोली घरबाट निस्केर आफ्नो जीवनस्तर सञ्चालनमा लाग्छन् र जीवनमा ठूलो प्रगति पनि गर्दछन्। हाम्रो मुलुकमा भने अंशका नाममा बाबुआमासँग जीवनभर झगडा गरेर बोलचाल नै बन्द हुने अवस्थासम्म सिर्जना हुन्छ। यस्तो अवस्था आउन नदिन हामी सबै बेलैमा सजग हुनुपर्दछ।
संसारमा सबैथोक पाइएला तर आपूmलाई जन्म दिने बाबुआमा कदापि पाइँदैन। उनिहरुले छोराछोरीप्रति गरेको वर्षौंको लगानी खेर जान दिनुहुँदैन। वृद्धवृद्धा भनेका डाँडामाथिका जुन–घामजस्ता हुन्। उनीहरु खुसी रहे भने मात्र हामीले जीवनभर आशीर्वाद प्राप्त गरिरहन्छौं। हामी पनि त्यो अवस्थामा एक दिन अवश्य पुग्छौं, ढिलो–चाँडो मात्र हो। तसर्थ वृद्धवृद्धालाई आश्रममा पठाएर हैन कि जीवन रहेसम्म आफ्नै साथमा राखेर उनहिरु बुढेसकालमा रमाएको हेर्न सक्नुपर्दछ। तब मात्र वृद्धवृद्धाप्रति सच्चा सम्मान ठहर्नेछ।

प्रतिक्रिया दिनुहोस्