‘थाहा’ नगरमा चुनावी चटारो



रोशन पराजुली, हेटौंडा

अहिलेको नेपाली राजनीतिकोसिनारियो’ हेरेर आममानिस दिक्दार मान्ने गर्छन्। भावी सन्तती कोही पनि राजनीतिमा संलग्न नहोऊन् भनी कामना गर्छन्। राजनीति भनेको गुण्डागर्दी गर्ने र पैसा भएका धनाढ्यले मात्र गर्ने हो भन्ने धारणा सुनिन्छ।

राजनीति, खराब आचरण भएका व्यक्तिले मात्र गर्ने होइन भन्ने भावनाको विकास क्रमशः भइरहेको पनि छ। नेपालमा त्यस्ता व्यक्तिको पनि जन्म भएको थियो, जो साँच्चै जनताका लागि केही गर्न चाहन्थे। तीमध्ये एक थिए रूपचन्द्र विष्ट।रुप्चन’,रुदाने’,स्वरूपे’ रथाहा’ आदि नामबाट चिनिने उनको जन्मथलो थाहानगरमा अहिले चुनावी चटारो छ।

धेरैपटक राजद्रोहलगायत आरोपमा पक्राउ परेका विष्टलाई तत्कालीन पञ्चायती सरकारले धेरैपटक जेल हालेको थियो। उनकै राजनीतिक प्रेरणाले प्रेरित थाहा नगरको पहिलो मेयर बनेर राजनीतिको बागडोर सम्हाल्ने इच्छा प्रायः सबै दलका नेताले लिनु आश्चर्यको कुरा रहेन।

त्यस बेला गाउँमा रूपचन्द्रको छुट्टैसरकार’ थियो। अहिले अधिकार सम्पन्न थाहा नगरको नामले मकवानपुरको उत्तरी क्षेत्र चिनिएको छ। दामन र पालुङ गाउँ पञ्चायतलाई मिलाएर रूपचन्द्रले २०२९ ताकागाउँ विकास समिति’ बनाएका थिए। जसमा हाल यसअघिको दामन, पालुङ र वज्रवाराहीसहित आग्रा, टिस्टुङ र चित्लाङ एकीकृत भएको छ।

‘विकास घर’ का नामले गाविस भवन बनाइएको थियो। तर, हाल व्यवस्थित नगरपालिका भवन बनाइएको छ। विष्टले तीन दशकथाहा आन्दोलन’ चलाएका थिए। अहिले पाँच वर्षका लागि मेयर बनेर नेतृत्व लिन दलहरू लागिपरेका छन्। विष्टले पञ्चायतकालमै संविधानसभाको आवश्यकता देखेर जोडदार आवाज उठाएका थिए। त्यसकै जगका उभिएको हालको राष्ट्रिय राजनीतिले विष्टलाई त्यति सम्मान भने दिन सकेको देखिँदैन।
मकवानपुरको उत्तरी पर्यटकीय क्षेत्र थाहा नगरमा त झmन् चुनावी सरगर्मी बढ्नु नौलो कुरा भएन। पुनर्संरचनाअनुसार थाहानगरमा आग्रा, चित्लाङ र टिस्टुङ थपिएपछि नगर क्षेत्र बृहत् भएको छ।

पर्यटन विकासका लागि सरकारलेएक शहर–एक गन्तव्य’ को योजनामा समावेश गरेको थाहामा चुनाव नजिकिँदै गर्दा कांग्रेस, एमाले र माओवादीका उम्मेदवारको नामको चर्चा बढ्दै छ। हालको अवस्था एमाले र माओवादी बलियो देखिएको छ। सांगठनिक विस्तारमा थाहालाई केन्द्रमा राखेको एमाले थाहामा मेयर÷उपमयेर दुवै जित्नेमा विश्वस्त छ। एकीकरणअघि जनमोर्चाको निकै राम्रो क्षेत्र मानिएको थाहामा माओवादीले रणनीतिक उपाय अवलम्बन गरेको छ। जनमोर्चा मिसिएपछि माओवादी मेयर जित्ने विश्वासमा छ।

एमालेबाट ३ जना आकांक्षी देखिएका छन्। थाहाको पहिलो मेयरका लागि विष्णुप्रसाद ढकाल, अच्युतम ढकाल, राजु नापित, कल्पना बलामी र राजु मास्केको नाम चर्चामा छ। आकांक्षीमध्ये पार्टी नगर संयोजक विष्णुप्रसाद ढकालको सम्भावना बढी रहेको एमालेका जिल्ला नेताहरू बताउँछन्। हाल जिल्ला सदस्यसमेत रहेका ढकाल स्थानीय मतदातामाझ परिचित छन्। बलामी नगर कमिटी र मास्के जिल्ला सल्लाहकार हुन्। उपमेयरमा पत्रकार सुरेन्द्रमान प्रधानले पार्टी बैठकमै आफ्नो नाम प्रस्ताव गरेका छन्। उनी नेपाल पत्रकार महासंघका प्रदेश पार्षद् हुन्।

नेकपा माओवादी केन्द्रबाट चार जनाको नाम चर्चामा छ। नगर इन्चार्ज तथा केन्द्रीय सदस्य विष्णु विष्ट, मकवानपुर उद्योग वाणिज्य संघका हाल उपाध्यक्ष रहेका युवा नेता लवशेर विष्ट र तत्कालीन जनमोर्चाका अरूण रायमाझीले आकांक्षा राखेका छन्।

कांग्रेसका जयराम लामिछाने, खड्ग गोपाली, भरत लामा, भीमबहादुर भोम्जन, योगेन्द्रमान श्रेष्ठ र ईश्वर पौडेलको बढी चर्चा छ। लामिछाने वा गोपालीलाई बलिया दाबेदारका रूपमा हेरिएको छ। संविधानसभा दोस्रो निर्वाचनमा मकवानपुर क्षेत्र नं. २ का उम्मेदवार लामिछाने तेस्रो भएका थिए। उनी नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष हुन्। उनी थाहाका परिचित व्यक्ति हुन्।

थाहा नगर विकास समितिको अध्यक्ष रहिसकेका गोपाली चुनावी मैदान होमिन तयार रहेको बताउँछन्। लामा महाधिवेशन प्रतिनिधि, भोम्जन जिल्ला सदस्य र पौडेल नगर विकास समितिका वर्तमान अध्यक्ष हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा दुई जनाले आकांक्षा राखेको बुझिmएको छ। राप्रपामा नगर अध्यक्ष हरेराम कार्की र शम्भुभक्त श्रेष्ठको नाम चर्चामा छ। पार्टीमा सक्रिय रहेका श्रेष्ठको पनि टिकट पाउने सम्भावना उत्तिकै रहेको पार्टीका जिल्ला नेताहरू बताउँछन्।

राप्रपा केन्द्रीय अध्यक्ष कमल थापाको गृह जिल्ला भएकाले थापाको चासो थाहा नगरतिर पनि उत्तिकै छ। थाहा नगरपालिकामा मतदान केन्द्र ३९ छन् भने मतदाता २७ हजार ७ सय ६४ छन्।

प्रतिक्रिया दिनुहोस्