वर्ष २०७३ का नायक नायिका



वर्ष २०७३ मा रिलिजमा आएका फिल्महरुमा पुराना कम, नयाँ धेरै अनुहार देखिए। ८९ फिल्म आएको वर्ष २०७३ मा केही वर्षअगाडि देखिएका धेरै कलाकारहरु खासै पर्दामा देखिएनन्। पुराना स्थापित नायक नायिकालाई विस्थापित गर्दै नयाँ र केही अघि मात्र फिल्ममा देखिएका कलाकारहरुले आफ्नो वर्चश्व जमाए।

पारिवारिक वातावरण नै फिल्मी पाएका अनमोल केसीले फिल्ममा नायक बनेर देखिएदेखि वाहवही पाएका छन्। यस वर्ष पनि उनले आफूलाई अब्बल सावित गर्न सफल भए। हुन त अनमोल यस वर्ष केवल एक फिल्ममा मात्र देखिए, तर उनलाई सफल बनाउन त्यही एउटा फिल्म पनि काफी सावित भयो। अनमोलले खेलेको ०७३ को फिल्म गाजलुबाट आफ्नो त्रेःजलाई कायमै राखे। सँगसँगै फिल्मले राम्रो व्यापार पनि गर्यो। छनोटका फिल्म मात्र खेल्ने नीति बनाएका अनमोलले वर्षभरिमा आएको एउटै फिल्मबाट पनि आफूलाई स्टार सावित गर्न सफल भए। नाटकबाट खारिएर फिल्ममा होमिएका दयाहाङ राईले वर्ष २०३ मा चर्चामात्र पाएनन्, सफलता पनि पाए। छक्का पञ्जा, हाउ फन्नी, वीर विक्तम, झुम्की, सेतो सूर्य, पुरानो डुंगा, लुट २, लप्पन छप्पनजस्ता फिल्ममा प्रभावकारी भूमिकामा देखिएका दयाहाङले प्रायः काम गरेका फिल्ममा आफूलाई अब्बल सावित गरे। खास गरी उनको चर्चा र अभिनय क्षमताको चर्चँ छक्का पञ्जा, लुट २ जस्ता फिल्मबाट हुन पुग्यो।

लामो समय विश्राम लिई पेःरि फिल्ममा फर्किएका एक्सन हिरो निखिल उप्रेती यो वर्ष पनि सफल सावित भए। तर उनले अभिनय गरेका किङ, निर्भयजस्ता फिल्म व्यापारिक रूपमा भने सफल हुन सकेनन्। फिल्म सफल नभए पनि निखिलले भने चर्चाचाहिँ पाइरहे। उनको कामको भने प्रशंसा भयो। जसका कारण उनको व्यस्तता चुलिइरह्यो। सौगात मल्ल वर्षभरिका धेरै फिल्ममा देखिए। सफलता भने थोरै फिल्मबाट मात्र पाए। उनले अभिनय गरेका धेरैजसो फिल्मले कमाइ गर्न सकेनन्। उनको लुट २ ले यिनिसियल व्यापार गरे पनि लप्पन छप्पन, शब्दजस्ता फिल्मलाई सौगातले सफल बनाउन सकेनन्। फिल्म नचले पनि उनले चर्चा भने पाइरहे। पूर्व नेपाल सुन्दरी तथा नायिका सृष्टि श्रेष्ठसँगको प्रेम चर्चा पनि निकै चल्यो।

राजेश हमाल, शिव श्रेष्ठ, दिलीप रायमाझी, जीवन लुईंटेलजस्ता नायकहरु फाटपुःट फिल्ममा देखिए पनि उनीहरुको फिल्म भने सफल हुन सकेन। लामो समयपछि नेपाली फिल्ममा फर्किएका एक्सन नायक विराज भट्ट एउटै फिल्म जय परशुराममा देखिए। उनको कामको प्रशंसा पनि भयो। तर उनी त्यसपछाडिका फिल्ममा देखिएनन्। अर्पण थापाले अभिनय गरेका बाटो मुनिको फूल २, डाइङ क्यान्डल, विर विक्तम, लप्पन छप्पनजस्ता फिल्म बजारमा देखए। वीर विक्तममा उनको कामको प्रशंसा भयो।

लामो समय अमेरिकामा बिताएर फर्किएका सरोज खनाल यो वर्ष पनि केही फिल्ममा देखिए, सुब्बा साबमा उनले गरेको अभिनयलाई मन पराइयो। अमेरिकाबाटै फर्केका रमेश उप्रेतीको रिब्रेक फिल्मका रूपमा ब्रासलेट आयो। तर यो फिल्मबाट उनलाई फाइदा भएन। फिल्मले व्यापार गर्न नसकेपछि उनलाई यसले फाइदा दिलाउन सकेन। आर्यन सिग्देलका फिल्मले पनि यसपालि कमाल देखाउन सकेन। गौरव पहाडीको कामलाई मन पराइयो, कर्माको कामलाई पनि स्वीकारियो। छक्का पञ्जामा दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, बुद्धी तामाङले गरेको कामको प्रशंसा भयो, विपीन कार्की जति फिल्ममा देखिए त्यति नै मन पराइए। अनुपविक्तम शाही अर्का प्रिय कलाकारका रूपमा प्रस्तुत भए।

नायिकातर्पः काम र व्यस्तताका हिसाबले प्रियंका कार्की अगाडि देखिइन्। उनले खेलेका प्रायः फिल्म सफल सावित भए भने उनलाई दर्शकले पनि मन पराए। अर्की नायिका रेखा थापा थोरै फिल्ममा देखिइन्, तर प्रशंसा पाइन्। नायिका नम्रता श्रेष्ठ केही फिल्ममा देखिइन्, तर दर्शकको मनमा छाप्न छोड्न सफल भइन्। अर्की नायिका ऋचा शर्माको कामलाई पनि मन पराइयो। वर्षा राउत यो वर्ष आफ्ना फिल्म र अभिनय क्षमताका कारण हिट सावित भइन्। नायिका सञ्चिता लुइँटेल धेरैपछि राधामा देखिइन्। फिल्म सफल नभए पनि उनको कामको भने प्रशंसा भयो। नीता ढुंगाना लेक साइड र निर्भय बजारमा आए, तर दुबै फिल्मबाट उनलाई फाइदा भएन। नायिका शिल्पा पोखरेलले पनि थोरै फिल्मबाट समेत दर्शकको मन जित्न सफल भइन्।

प्रतिक्रिया दिनुहोस्