नववर्षको शुभकामना



आज नववर्ष २०७४ को पहिलो दिन । नयाँ वर्षको आगमनलाई स्वागत छ । नयाँ वर्ष प्रवेशको प्रथम दिनमा बाँडिने शुभेच्छा र मनाइने हर्षले हामीलाई वर्षभर प्रफुल्लित राख्छ भन्ने मान्यता छ । त्यसैले नववर्ष प्रवेशको यस अवसरमा विगत वर्षमा भए–गरेका नराम्रा कुरालाई बिर्संदै र राम्रा कुराबाट प्रेरणा लिँदै आगामी दिनका लागि योजना एवं कार्यक्तम बनाऔं ।

लामो संक्तमणपछि यतिखेर मुलुक राजनीतिक स्थायित्वतर्फ उन्मुख छ । अत्यन्त जटिल, कठिन एवं अन्योलपूर्ण राजनीतिक, आर्थिक, सामाजिक अवस्थाबाट मुलुक गुज्रिरहेको अवस्थामा संविधान जारी भई अहिले सो संविधान कार्यान्वयनको क्तममा छ । यसै क्तममा आगामी ३१ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनले आम जनमानसमा आशाको किरण देखा परेको छ । यसले दलहरुबीचको अविश्वास र आशङ्का समाप्त भई विश्वासको वातावरण बन्ने तथा नेपाली जनताको सुख–समृद्धिको सपना साकार हुने सम्भावना बढेको छ ।

हुन त अझै मधेस केन्द्रित दललगायतका कारण चुनाव हुनेमा विश्वस्त हुन सकिने अवस्था भने देखिँदैन । त्यसैले नयाँ वर्ष आरम्भको यस अवस्थामा नेतृत्वमा रहेका जिम्मेवार सबैले आफूलाई देश र जनताप्रति जिम्मेवार बनाउनेतर्फ गम्भीर भई तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन सम्पन्न गराउनै पर्छ । विगतमा जनतासामु गरेका बाचा, जनाएका प्रतिबद्धता तथा बाँडेका आश्वासनलाई ख्याल गर्दै नयाँ वर्ष २०७४ प्रवेशको यस अवसरमा स्थानीय चुनाव सम्पन्न गर्ने अठोटका साथ नेतृत्ववर्ग लाग्नै पर्छ । अपेक्षा गरौं, हाम्रो राजनीतिक नेतृत्वले अर्को एउटा वर्ष आउनु र जानुलाई निरन्तरताको रुपमा मात्र नहेरी यो वर्षलाई विशेष वर्षको रुपमा लिनेछन् र आफूले गरेका प्रतिबद्धताहरु पूरा गर्नेछन् ।

गतवर्ष प्रमुख राजनीतिक दल एवं तिनका नेताहरुबाट आमजनताको शान्ति, सुरक्षा, सुशासनमा ध्यान जान सकेन । देश र जनताप्रति उत्तरदायी बन्नुपर्नेमा दलीय स्वार्थ र व्यक्तिगत स्वार्थमै रमाइरहेको पाइयो । आफूहरुलाई अनुकूल हुँदा जस्तोसुकै निर्णय गरी कार्यान्वयन गर्न पछि नपर्ने प्रमुख राजनीतिक दलहरुको यस नयाँ वर्षको आरम्भसँगै देश र जनताप्रति उत्तरदायी भएर स्थानीय निकायको निर्वाचन गर्न ध्यान जाओस् । आमजनताले शान्ति, सुरक्षा, सुशासनको अनुभूति गर्न पाऊन् । हाम्रा पाठकवर्ग, विज्ञापनदाता एवं शुभचिन्तक सम्पूर्ण महानुभाहरुमा नववर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना । नयाँ वर्ष शुभ बितोस् ।

प्रतिक्रिया दिनुहोस्