पहिलो अमेरिकी मुश्लिम महिला न्यायाधीशको शव भेटियो अर्को न्यायाधीशको गोली हानी हत्या



वासिङ्टन, (एजेन्सी)
अमेरिकाको न्यायक्षेत्रको इतिहासमै पहिलो मुश्लिम महिला न्यायाधीश बन्न सफल ६५ वर्षीया सिला अब्दुस सलामको शव बुधबार न्युयोर्कको हडसन रिभरमा फेला परेको प्रहरीले जनाएको छ। न्युयोर्कको सर्वोच्च अदालतका न्यायाधीश सिलाको शव म्यानह्यटनको पश्चिमी क्षेत्रको उत्तः नदीमा तैरिरहेको अवस्थामा फेला परेको बताइएको छ।

शरीरमा पूरा लुगा लगाइएको अवस्थामा उनलाई फेला पारिएको हो। उनको शरीर नदीबाट बाहिर निकालिएलगत्तै प्रहरीले घटनास्थलमै उनलाई मृत घोषित गरेको थियो। उनको परिवारले शवको सनाखत गरिसकेको र अटोप्सीपछि नै उनको मृत्युको वास्तविक कारण खुल्ने प्रहरी प्रवक्ताले बताएका छन्।

सन् २०१३ मा न्युयोर्क राज्यका डेमोक्तेटिक गवर्नर एन्ड्रयु कुओमोले पुनरावेदन अदालतमा नियुत्तः गरेपछि वासिङ्टन डीसी बासिन्दा सिला न्यायाधीश बन्ने पहिलो अप्रिःकी अमेरिकी महिला हुन्। उनी निष्पक्ष निर्णय दिनमा निकै माहिर मानिन्थिन्।

दि प्रिन्सटन इन्साइक्लोपेडिया अफ अमेरिकन पोल्टिकल हिस्ट्रीमा उनलाई अमेरिकी न्यायाधीशको रूपमा सेवा गर्ने पहिलो मुश्लिम महिलाको दर्जा दिइएको छ। विभिन्न अज्ञात सूत्रहरूलाई उद्धृत गर्दै न्युयोर्क पोस्टले उनी बुधबारदेखि नै न्युयोर्कस्थित आफ्नै निवासबाट हराइरहेको जनाएको छ। कोलम्बिया ल स्कुल र बर्नार्ड कलेजबाट ग्रइजुयट गरेकी उनले इस्ट ब्रकलिन लिगल सर्भिसेजबाट वकालतको करियर शुरू गरेकी थिइन्। उनले न्युयोर्कको सहायक महान्यायाधिवक्ताको हैसियतले पनि काम गरेकी थिइन्।

यसैबीच अमेरिकाकै शिकागोस्थित आफ्नै निवासबाहिर अपराध मामिला हेर्ने अदालतका ३७ वर्षीय न्यायाधीश रेमण्ड माइल्सको गोली हानी हत्या भएको प्रहरीले बुधबार जनाएको छ। प्रहरीले उनलाई लुट्ने क्तममा आक्तमणकारीले ज्यानै जाने गरी गोली चलाएको बताएको छ।

यस घटनामा संलग्न ३७ वर्षीय जोसुवा स्मिथ नामक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ। उनलाई आक्तमण गर्दा गोली लागेका तथा नाम नखुलाइएका अर्की एक जना ५२ वर्षीया महिलाको भने ज्यान बचेको बताइएको छ। यस गोलीकाण्डको प्रत्यक्षदर्शी भएकै कारण उनको परिचय गोप्य राखिएको गुप्तचर प्रमुख मेलिस्सा स्टेपल्सले बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्