बनेपाका प्रमुख र उपप्रमुखका दाबेदार





 

 

 

 

 

जिल्लाका १३ तहमध्ये सबैभन्दा ठूलो जनसंख्याका हिसाबले बनेपा नगरपालिका भएको छ। बनेपामा ५५ हजार ६ सय २८ जनसंख्या रहेको छ।

मोतीराम तिमल्सिना, काभ्रे
आजको ठीक एक महिनापछि अथात् २०७४ वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाको मुटुका रूपमा रहेको व्यापारिक केन्द्रसमेत मानिएका बनेपा नगरपालिकामा उम्मेदवारहरु आ–आफ्नो पक्षमा मतदाता प्रभावित पार्न क्तियाशील छन्। जिल्लाको व्यापारिक केन्द्रसमेत रहेकाले बनेपाका उम्मेदवारलाई चासोका साथ हेरिएको छ।

सत्तामा रहेको नेपाली कांग्रेसबाट उम्मेदवारका आकांक्षी धेरै देखिए पनि अन्ततः पार्टीको जिल्ला कोषाध्यक्षसमेत रहेका बनेपाकै व्यवसायी कृष्णगोपाल भैलले प्रमुख पदको टिकट पाउने दाबी गरिएको छ। प्रकाशनमान सिंह नजिक रहेका साँगाका प्रचण्डमान प्रधानले टिकट ल्याउने भनिए पनि उनलाई अन्ततः नदिइने जनाइएको छ। चर्चामा जो–जो रहे पनि पार्टी कोषाध्यक्षसमेत रहेका बनेपाका व्यवसायी भैलको पक्षमा पार्टीले निर्णय गर्ने स्रोतको भनाइ छ। राज्यमन्त्रीसमेत रहेका बनेपाका कञ्चनचन्द्र वादेले प्रधानलाई साथ दिने भनिए पनि उनी पनि भैलको नामबाट पछाडि जान नसक्ने अवस्था सिर्जना भएको कांग्रेसले बताएको छ। उनका दाजु लोकनारायण भैल पनि उपप्रमुख भइसकेका थिए। बनेपा नगरपालिका पञ्चायतकालदेखि नेपाली कांग्रेसले प्रभुत्व जमाउँदै आएको नगरपालिका हो। तर, स्थानीय तहको पुनर्संरचना पनि बनेपामा जनागाल, टुकचा नाला र उग्रचण्डी नाला, नासिकासाँगा, देवीटारको आधा भाग र महेन्द्रज्योति बाँस्डोल थपिएपछि कांग्रेसको गड तोड्न एमालेले लक्ष्मीनरनसिं वादेलाई प्रमुख पदमा उठाउने निश्चित गरेको छ।

एमालेका प्रभाव मानिएका गाविसहरु बनेपामा गाभिनु, केही साताअघि एमालेमा बनेपाबाट ८ सयभन्दा धेरै व्यवसायी तथा सर्वसाधारणहरु पार्टी प्रवेश गर्नु र एमालेभित्रको एकता कायम रहनुले पनि यो पटक बनेपामा नेपाली कांग्रेसको पराजय हुने विश्लेषण नेकपा एमालेको रहेछ। सोही विश्लेषणअनुसार एमालेले पाको उमेरका, नीति र राजनीति दुवैमा अनुभवी व्यक्ति वादेलाई सर्वसम्वतबाट प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको हो। बनेपामा रहेका थुप्रै उद्योगी व्यवसायी यो पटक वादेको पक्षमा माहोल बनाउन क्तियाशील भएका छन्।

स्वयं राज्यमन्त्री कञ्चनचन्द्र वादेलाई समेत लक्ष्मीनरसिं वादे उठेपछि धर्मसंकट परेको बताइएको छ। एमालेले बनेपाका सबै वडाहरुमा भेला, छलफल र अन्तरक्तिया सकाउँदै पार्टी प्रवेश र संगठनको कामलाई तीव्रता दिएको छ। उपप्रमुखमा समेत एमालेले बनेपा बजारबाहिरबाट शिक्षकसमेत रहेकी महिलाहरुको अगुवा गरिरहेकी रेखा दाहाललाई उम्मेदवार बनाउने निश्चित गरेको छ। नेपाली कांग्रेसले भने नालाबाटै सहकारीकर्मी, समाजसेवी निर्मला श्रेष्ठलाई अगाडि सार्ने तयारी गरे पनि बजारभित्र र बाहिर एउटै जातको भएकाले मञ्जु घिमिरेको नाम अगाडि सारेको छ।

त्यस्तै राष्ट्रिय मधेस समाजवादी पार्टीबाट बनेपाकै सबर प्रजापतीको नाम चर्चामा छ। राप्रपाबाट गोपालसिं मुस्याजुका छोरा उदयसिं मुस्याजुको नाम प्रमुखको रूपमा चर्चामा छ। जिल्लाका १३ तहमध्ये सबैभन्दा ठूलो जनसंख्याका हिसाबले बनेपा नगरपालिका भएको छ। बनेपामा ५५ हजार ६ सय २८ जनसंख्या रहेको छ। वर्ग किमिका हिसाबले सबैभन्दा ठूलो महाभारत गाउँपालिका रहेको छ। १ सय ८६ वर्ग किमिमा फैलिएको गाउँपालिकामा १८ हजार २ सय ८३ जनसंख्या रहेको छ। २४ वटा मतदान केन्द्र रहेको बनेपा नगरपालिकामा झण्डै ३२ हजार मतदाता रहेका छन्।

प्रमुख पदमा महिलाको चर्चा नै छैन

गोकुल घोरसाइने, बारा

प्रमुख र उपप्रमुखमध्ये कुनै एक पदमा महिला उम्मेदवार दिनुपर्ने प्रावधान भए पनि बाराका २ उप–महानगरपालिकासहित ४ नपा र ९ गाउँपालिकाका प्रमुख पदमा महिला उम्मेदवार चर्चामा छैनन्। अनिवार्य भनिएको दुईमध्ये अर्को पद उपप्रमुखमा समेत ठूला दलबाट सम्भावित महिला उम्मेदवारको चर्चा न्यून छ।

सबै दलका पुरुष आकांक्षीले प्रमुख पदको टिकट हत्याउने होडबाजी तीव्र पारेपछि उपप्रमुख पदका महिला उम्मेदवार कम चर्चामा छन्। निर्वाचनमा उम्मेदवार मनोनयन मिति नजिकिँदै जाँदा पनि दलहरुले उपप्रमुखमा सम्भावित महिला उम्मेदवारको नाम चर्चामा ल्याउन सकेका छैनन्। कांग्रेस, एमाले र माओवादी केन्द्रजस्ता ठूला दलबाट मुख्य पदमा पुरुष उम्मेदवारको नाम मात्र एकछत्र चर्चामा छ। जिल्ला सदरमुकाम कलैया उप–महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट पार्टी जिल्ला सभापति जयचन्द्र चौरसिया, राजेश यादव र फूलमहमद नेकपा एमालेबाट पार्टी जिल्ला सचिव एम समिउल्लाहा, सुरेश मोदक, ध्रुव यादव र अध्यानन्द पाण्डे माओवादी केन्द्रबाट धुरी साह, श्रीप्रसाद पासवानको चर्चा छ। जितपुर सिमरा उप–महानगरपालिकामा कांग्रेसबाट ओमकृष्ण कार्की, श्यामबाबु गुप्ता, नारायणी रायमाझी, एमालेबाट जिल्ला अध्यक्ष सुन्दर विक, उपाध्यक्ष देवनारायण चौधरी, कृष्ण पौडेल, मनोज पौडेल र सीता गुरुङ चर्चामा छन्।

माओवादी केन्द्रले राजन पौडेल, मीनप्रसाद आपागार्इं, उमा राईको नाम अगाडि सारेको छ। मेयर पदको चर्चामा ल्याइएको भए पनि कांग्रेसकी रायमाझी, एमालेकी गुरुङ र माओवादीकी राई अन्तत्वगत्वा उपप्रमुख पदमा थन्किने सम्भावना प्रबल छ। निजगढ नपामा एमालेबाट एकबहादुर श्रेष्ठ, सुरत पुरी, दिलबहादुर लामाको बढी चर्चा छ। कांग्रेसले सुरेश खनाल, पेमा लामामध्ये एकलाई उम्मेदवार बनाउने सम्भावना छ। माओवादी केन्द्रको सोमबार भएको कार्यकर्ता भेलाले बेनीबहादुर मोक्तानलाई मेयर पदमा सिफारिस गर्ने निर्णय गरिसकेको छ। कोल्हवी नपामा एमालेबाट भरत ढुंगाना, ढुण्डिराज उप्रेती, शिवनारायण चौधरी र कांग्रेसबाट रामप्रसाद चौधरी, वासु चौधरी, कपिलदेव चौधरी र केन्द्रबाट देवेन्द्र पराजुली, चिरण काफ्ले र छविलाल चौधरीमध्ये एकले टिकट पाउने देखिन्छ।

त्यसै गरी नै दक्षिणी सीमावर्ती सिग्रौनगढ र महागढीमाई नपाको मेयरमा मात्र होइन कुनै पनि दलबाट उपप्रमुख पदका सम्भावित महिला उम्मेदवारको नामसमेत अहिलेसम्म पनि चर्चामा आएको छैन। सिम्रौनगढमा कांग्रेसले विजय यादव, किशोरीप्रसाद जैसवाल, उपेन्द्र जैसवाल, एमालेले गगनदेव कुशवाहा र बतहु यादव तथा माओवादी केन्द्रले भोजेन्द्रप्रसाद यादव र श्यामबाबु यादवमध्ये एकलाई उम्मेदवार बनाउने बलियो सम्भावना छ। महागढीमाईमा एमालेका राजेन्द्र कलवार, महानन्द यादव, रामनाथ बैठा, कांग्रेसका विजय स्वर्णकार, भुलन यादव र केन्द्रबाट रामबाबु यादव र जयमंगल कुशवाहा चर्चामा छन्।

एमाले प्रचार विभाग प्रमुख मनोज पौडेल प्रमुख पदका आकाक्षीबीच होडबाजी तीव्र बनेकाले उपप्रमुख पदमा पनि महिलाको चर्चा कम भएको बताउँछन्। आफ्नो दलले प्रमुख पदमा ३ मध्ये एउटा महिलाको नाम सिफारिस गरेर पठाउन सम्बन्धित पार्टी कमिटीमा निर्देशन गरेको बताउँछन्। चर्चा कम भए पनि एमालेले जिल्लाका सबै तहमा कानुनअनुसार महिला उम्मेदवार बनाउने सुनाए।

राजनीतिमा कमजोर पकड रहेकाले स्थानीय तह प्रमुख⁄उपप्रमुख पदमा महिलाको चर्चा कम भएको नेपाल महिला संघ केन्द्रीय सदस्य मधु शाही बताउँछिन्। ‘दलका नेताहरुमा महिला उम्मेदवारले चुनाव जित्न सक्दैनन् भन्ने भ्रम छ’, शाहीले भनिन्– अर्कोतर्फ पुरुषहरु टिकट हात पार्न सबै हथकण्डासहित होडबाजीमा छन्।’ व्यवस्थापिका संसद् सदस्यसमेत रहेकी शाहीले आर्थिक र सामाजिक अवस्थाले पनि महिलाहरुलाई चुनावी चर्चा र प्रतिस्पर्धामा पछाडि पारिएको सुनाइन्। एमाले २ नं. प्रदेशकी सदस्य सीता गुरुङ अहिलेको निर्वाचनसम्बन्धी व्यवस्थाले महिलाको भागमा उपप्रमुख पद मात्र हो भन्ने जस्तो भान पर्न गएको बताउँछिन्। पार्टीबाट टिकट हात पार्न पुरुष आकांक्षीले शुरु गरेको अस्वस्थ प्रतिस्पर्धाले महिला उम्मेदवारहरु ओझेलमा परेको गुरुङले सुनाइन्। पछिल्लो समय केही दलका स्थानीय नेता कार्यकर्ता स्थानीय तहको प्रमुख पदको टिकट हात पार्न दल परिवर्तनदेखि आर्थिक चलखेलमा समेत सक्तिय हुन थालेका छन्।
रुकुममा चुनावी सरगर्मी बढ्यो

धनवीर दाहाल, रुकुम

झन्डै २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनले रुकुममा यतिबेला निकै रौनकता दिएको छ। निर्वाचनले स्थानीय जनता मात्र होइन रुकुमका राजनीतिक दललाई पनि निकै तताएको छ। रुकुमका मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताले आ–आफ्नो पार्टीको पक्षमा मत माग्न थालिसकेका छन्।

जनप्रतिनिधि नहुँदा कर्मचारीले चलाउँदै आएको स्थानीय निकायप्रति त्यति खुसी नभएका स्थानीयहरु निर्वाचित हुने जनप्रतिनिधिप्रति निकै आशावादीसमेत छन्। यहाँका बासिन्दाहरुको दुई दशकपछिको खुसी फर्किएको छ। जनप्रतिनिधि नहुँदा जनताले चाहेजस्तो गाउँमा विकास हुन सकेको थिएन। जनप्रतिनिधिविहीनताले ग्रामीण क्षेत्रको विकास पछाडि धकेलिएको भन्दै अवको निवार्चनपछि गाउँमा विकास निमार्णले तीव्रता पाउने अपेक्षा गरिएको छ। यता स्थानीय तह निवार्चनको मिति नजिकिँदै गर्दा रुकुममा जिल्ला निर्वाचन कार्यालय आफ्नो तयारीलाई तीव्र पारेको छ।

जिल्ला निर्वाचन कार्यालय रुकुमले मतदाता शिक्षा स्वयंसेवकका लागि अनुशिक्षण कार्यक्तम पनि सम्पन्न गरेको छ। अनुशिक्षण प्राप्त मतदाता शिक्षा स्वयंसेवकले वैशाख १ गतेदेखि ३१ गते अर्थात् निर्वाचनको मितिसम्म मतदातालाई मतदानको प्रक्तियाबारे घरदैलोमा गएर सिकाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। ३ नगरपालिका र ६ गाउँपालिका गरी ९ स्थानीय तह रहेको रुकुममा १ लाख १ हजार ९ सय ३२ मतदाता रहेका छन्। १ सय ४ मतदान स्थल रहेको रुकुममा मतदान केन्द्रबारे अहिलेसम्म निक्र्यौल नभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। रुकुममा ९ स्थानीय तह कुल ५ सय ३८ जना जनप्रतिनिधि निर्वाचित हुनेछन्।

राजनीतिक दलहरुले रुकुममा यतिबेला उम्मेवार छनौटका लागि आन्तरिक गृह कार्यलाई तीव्र पारेका छन्। दलहरु दिनभर पार्टीका चुनावी कार्यक्तममा सहभागी हुने र साँझ बिहान उम्मेदवार छनौटमा व्यस्थ हुने गरेका छन्। नेकपा एमालेले उम्मेदवार छनौटका लागी पार्टी केन्द्रले बनाएको नीतिअनुसार अघि बढ्ने बताएको छ। पार्टी अध्यक्ष विमलकुमार पुनले पार्टी केन्द्रले बनाएको मापदण्डअनुसार उम्मेदवार छनौट गरिने बताए। आफ्नो पार्टी अहिले संगठन निर्माणमा व्यस्त रहेको र वैशाख पहिलो सातासम्म स्थानीय चुनावका लागि सबै उम्मेदवारको टुंगो लगाउने अध्यक्ष पुनले बताए।

स्रोतका अनुसार नेकपा एमालेको तर्फबाट पुथाउत्तरगंगा गाउँपालिकामा भिउमान घर्ती र सतमान पुन, भुम्या गाउँपालिकामा आशा स्वर्णकार, सिस्ने गाउँपालिकामा देवी ओली र नन्दलाल शर्मा, वाँफीकोट गाउँपालिकामा ठगेन्द्रप्रकाश पुरी, विद्यापति रिजाल र नन्दराम देवकोटा, आठबीसकोट नगरपालिकामा हरिप्रसाद शर्मा र सुरज परियार, चौरजहारी नगरपालिकामा ऋषिप्रसाद शर्मा र कल्याणी खड्का, सानीभेरी गाउँपालिकामा मनवीर घर्ती, मुसीकोट नगरपालिकामा विमलकुमार पुन र माधवप्रसाद गौतम, त्रिवेणी गाउँपालिकामा गणेश खड्का र धनराज खड्काले अध्यक्ष पदका लागि तयारी थालिसकेका छन्।

मुसीकोट नगरपालिकामा आकांक्षा राखेका विमल पुन पार्टीका जिल्ला अध्यक्ष हुन् भने माधवप्रसाद गौतम उपसचिव हुन्। नेकपा माओवादी केन्द्र रुकुमले दुई नगर र दुई गाउँपालिकाको मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ। पार्टीको मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाले आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको टुंगो लगाएको हो। मुसीकोट नगरपालिकाले मेयरमा देवीलाल गौतम र उपमेयरमा प्रेमकुमारी सुनार केसीलाई सिफारिस गरेको छ। त्यस्तै त्रिवेणी गाउँपालिकाको अध्यक्षमा झक्कुप्रसाद घर्ती र उपाध्यक्षमा निर्मला विष्टलाई उम्मेदवार बनाउन गाउँपालिका बैठकले पार्टीको जिल्ला समितिमा सिफारिस गरी पठाएको छ। यसै गरी सानीभेरी गाउँपालिकामा अध्यक्ष नरबहादुर पुन र उपाध्यक्षमा इन्दिरा बुढाथोकी तथा चौरजहारी नगरपालिकाका लागि मेयरमा विशाल शर्माको सिफारिस आएको नेकपा माओवादी केन्द्र रुकुमले जनाएको छ।

माओवादी केन्द्रका जिल्ला सम्मेलन आयोजक समिति संयोजक गोपाल शर्मा अनलले मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाबाट मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षको र चौरजहारी नगरपालिकाका लागि मेयरको सिफारिस आएको बताए। नगर तथा गाउँपालिकाबाट सिफारिस भइआएका उम्मेदवारको निर्णय जिल्लाले गर्ने र त्यसको अन्तिम अनुमोदन प्रदेश समितिले गर्ने अनलको भनाइ छ। दुवै ठाउँका उम्मेदवार सर्वसम्मत सिफारिस भएकाले अब उनीहरु नै उम्मेदवार हुने उनले बताए। उनका अनुसार जिल्लाका सबै १ सय ४ वटा वडा र २ नगरपालिका तथा ५ वटा गाउँपालिकाको उम्मेदवार छनौटका लागि छलफल जारी रहेको छ।

वैशाख पहिलो हप्ताभित्रै सबै ठाउँको उम्मेदवार अन्तिम भइसक्ने माओवादी केन्द्र रुकुमले जनाएको छ। यसै गरी नेपाली कांग्रेस पनि आन्तरिक छलफलमा व्यस्थ छ। स्रोतका अनुसार कांग्रेसबाट पुथाउत्तरगंगा गाउँपालिकामा हरिशंकर घर्ती, रासबहादुर बुढा, भुम्या गाउँपालिकामा भीमबहादुर खड्का र नन्दबहादुर विष्ट, सिस्ने गाउँपालिकामा लक्षिराम घर्ती र पूर्णजंग शाह, वाँफीकोट गाउँपालिकामा हर्कसिङ खत्री, जनककुमार बाँठा र टेकवहादुर बस्नेत, आठबीसकोट नगरपालिकामा धीरेद्र वटाला र गंगाराम गौतम, चौरजहारी नगरपालिकामा तिलक भण्डारी, प्रेमबहादुर ओली र खडगबहादुर डाँगी, सानीभेरी गाउँपालिकामा गोरखप्रसाद चन्द, मुसीकोट नगरपालिकामा कृष्णबहादुर रोकाय, गोरखबहादुर केसी, सुरजजंग चन्द र राजु केसी, त्रिवेणी गाउँपालिकामा वीरबहादुर ओली र थलबहादुर खड्काले स्थानीय चुनावको टिकेटका लागि लविङ थालेका छन्।
कांग्रेसले जिल्ला सभापति प्रेमप्रकास ओलीको संयोजकत्वमा ५ सदस्यीय उम्मेदवार छनौट कार्यदल बनाएको छ। त्यस्तै नेकपा माओवादी केन्द्रले ९ स्थानीय तहमध्ये ४ वटामा टुंगो लगाइसकेको भए पनि ५ वटा तहमा छलफल जारी राखेको छ। पुथाउत्तरगंगा गाउँपालिकामा पुनिराज घर्ती, निर्माण बुढा रवि, भुम्या गाउँपालिकामा रामसुर बुढा, गजेन्द्रबहादुर ओली कैलाश र मेघबहादुर श्रेष्ठ महेश, सिस्ने गाउँपालिकामा कृष्ण रेग्मी र कुमारी बराल, वाँफीकोट गाउँपालिकामा धर्मबहादुर केसी र चन्द्रबहादुर केसी, आठबीसकोट नगरपालिकामा गोरखबहादुर केसी र रातो कामीको नाम चर्चामा छ।
गुल्मीको नगर र गाउँपालिकामा उम्मेदवारको चर्चा

अनिल खत्री, गुल्मी

स्थानीय चुनावको मिति नजिकिएसँगै जिल्लामा चुनावी रौनक शुरु भएको छ। नगरपालिकामा मेयर तथा उपमेयर, गाउँपालिकामा अध्यक्ष र वडा अध्यक्षका लागि नेताहरुले रुचि देखाएका छन्।

गुल्मीका १० गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीका विभिन्न नेताहरुको नाम चर्चा रहेको छ। स्थानीय तहको चुनाव नजिकिएसँगै पार्टीका गतिविधिहरु बढिरहेका बेला नेता तथा कार्यकताहरुले नेतृत्व लिन तँछाड मछाड गरिरहेका छन्। पार्टीका नेताहरु नेतृत्व लिन आफ्ना अग्रज नेताहरुको लबिङ शुरु गरेका छन्। हाल जिल्लामा नयाँ तथा पुराना नेताहरुको नाम यतिबेला चर्चामा रहेको छ। पुराना र नयाँ पुस्ता मिलाएर उम्मेदवार छनोट गर्नुपर्ने अनेरास्ववियु गुल्मीका जिल्ला अध्यक्ष राजेन्द्रविक्तम कुँवरको भनाइ रहेको छ। जिल्लाका विभिन्न स्थानमा उम्मेदवार छनोटको लागि विभिन्न छलफलहरु हुन थालेका छन्।

पूर्वगाविस अध्यक्षमा निर्वाचितदेखि जिल्ला तहमा बसेर नेतृत्व समालेका नेताहरु यहीबेला गाउँपालिको प्रमुख बन्ने दाउमा छन्। जिल्ला तहमा बसेर लोकप्रियता कमाएका जिल्लास्तरका नेताहरु गाउँपालिकाको प्रमुखमा उम्मेदवारमा चर्चा हुनुले कतिपय गाउँपालिकामा चुनावी प्रतिपर्धा कडा देखिने भएको छ। गाउँमा स्थानीयहरुको मत फरक–फरक खालको देखिन थालेको छ। कतिपय स्थानीयहरु पुराना आफ्ना गाउँमा हरेक पल साथ दिँदै आएका नेताहरु ल्याउनुपर्नेमा जोड दिएका छन् भने कतिपय नयाँ पिँढीलाई ल्याउनुपर्ने जोड दिएका छन्।

गुल्मीका १० गाउँपालिकामध्ये मालिका गाउँपालिका नेपाली कांग्रेसको तर्फबाट रेखा जिसी, प्रेमनाथ अर्याल, ज्ञानबहादुर कार्की, चन्द्रकान्त अर्याल नाम चर्चामा रहेको छ। नेकपा एमालेबाट सन्तोष लम्साल, रितबहादुर थापा, ओम कार्की, ईश्वरबहादुर कार्की नाम चर्चामा रहेको छ। माओवादी केन्द्रबाट देवीराम अर्याल, ज्ञानबहादुर बुढाको नाम चर्चामा छ। मदाने गाउँपालिकामा नेपाली कांग्रेस काशीबहादुर बोहोरा, मनिराम थापा, फर्सुराम भुसाल नाम चर्चामा छ। नेकपा एमालेबाट दानबहादुर केसी, चन्द्रबन्धु भुसाल, तोकम कुँवर, केशव चन्द, प्रेम जीसी नाम चर्चामा छ। माओवादी केन्द्रबाट बुद्धि जीसी, बेगम चन्दको नाम चर्चामा रहेको छ।

इस्मा गाउँपालिकामा नेपाली कांग्रेसबाट नरहरि घिमिरे, भगत खड्का शेरबहादुर कुँवर, हरि केसी, चन्द्रबहादुर महतको नाम चर्चामा छ। नेकपा एमालेबाट लक्ष्मण विष्ट, लक्ष्मण पराजुली, हीरा एसी, टीका रेश्मी, राजेन्द्रविक्तम कुँवरको नाम चर्चामा रहेको छ। माओवादी केन्द्रबाट नगेन्द्र कुँवर, दुर्गा बोहोरा, ज्ञानबहादुर विष्टको नाम चर्चा रहेको छ। धुर्कोट गाउँपालिकामा नेपाली कांग्रेसबाट महेन्द्र भण्डारी, छन्द पहराई, नवीन जिसी, नेकपा एमालेबाट नरेश भण्डारी, कृष्ण घिमिरेको नाम चर्चामा छ। माओवादी केन्द्रबाट भूपाल पोख्रेल, निमबहादुर पाण्डे, मानबहादुर कुँवर नाम चर्चामा छ।

गुल्मी दरबार गाउँपालिकामा नेपाली कांग्रेसबाट हरि अर्याल, लक्ष्मण थापा नेकपा एमालेबाट कृष्ण खनाल, हरिनारायण कँडेल, विष्णु गौतम माओवादी केन्द्रबाट यम पाण्डेको नाम चर्चामा छ। छत्रकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट अनन्त पौडेल, धातानन्द भुसाल, बोधराज ज्ञवाली, नेकपा एमालेबाट मधुकृष्ण पन्त, विष्णु पौडेल र नर्मदा भण्डारी, माओवादी केन्द्रबाट कमल पाण्डे, लोकनाथ पाण्डेको नाम चर्चामा रहेको छ। रूरू गाउँपालिकामा नेपाली कांग्रेसबाट रामचन्द्र भट्टराई, किशोर श्रेष्ठ, नेकपा एमालेबाट नीलकण्ठ गौतम, चक्तपाणी गौतम, देवनारायण ज्ञवाली, माआवादी केन्द्र नारायण पौडेल, खेतबहादुर क्षत्री, हरि ज्ञवालीको नामा चर्चामा रहेको छ।

कालीगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसबाट वेद मगर, घनश्याम ढकाल, नेकपा एमाले टीकाराम ढकाल, झवि पाण्डे, रामजी ढकाल, माओवादी केन्द्रबाट तेजेन्द्र पुलामी, ओमप्रकाश न्यौपानेको नाम चर्चामा रहेको छ। सत्यवती गाउँपालिकामा नेपाली कांग्रेसबाट पारिश्वर ढकाल, हरि भण्डारी, नेकपा एमालेबाट अम्मर सिजापती, दानबहादुर राना, लोक राना, दुर्गा राना, माओवादी केन्द्रबाट जितबहादुर त्रामुको नाम चर्चामा रहेको छ। चन्द्रकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट दोर्ण खत्री, रमेश भण्डारी नेकपा एमालेबाट निमलाल श्रेष्ठ, माओवादी केन्द्रबाट युवराज केसी, टंकबहादुर क्षत्रीको नाम चर्चामा रहेको छ। केही वडाहरुमा नेतृत्व टुंगाए पनि धेरै जसो गाउँपालिका र उम्मेदवारको टुंगो नलगाएको पार्टीले जनाएका छन्। उम्मेदवार छनोटका लागि विभिन्न पार्टीले चरणबद्ध छलफल जारी रहेको बताएका छन्। १० गाउँपालिकामा लिएका चर्चाका उम्मेदवारको नाम स्थानीय नेताहरुको स्रोतमा तयार गरिएको हो।
जिल्लाको सदरमुकाम रहेको रेसुंगा नगरपालिकामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट भुवनप्रसाद श्रेष्ठ, शालिक पन्थी, राजेन्द्रप्रसाद श्रेष्ठ, खिलध्वज पन्थी र श्रीप्रसाद भलामीको उम्मेदवारको रूपमा नाम चर्चामा रहेको छ। एमालेको तर्फबाट डिल्लीराज भुसाल, गणेश श्रीपाली, बालसिंह काउछा, जंग नेपालीको नाम चर्चामा छ। माओवादीबाट भने अशोक थापाको एकल नाम चर्चामा छ।

हालै नयाँ संरचनाअनुसार मुसीकोट नगरपालिकामा मुसीकोटमा कांग्रेसका तर्फबाट विष्णु सापकोटा, हीरामणि अर्याल, ज्ञानहरि सापकोटा र कृष्णहरि सापकोटाको नाम चर्चामा रहेको छ। मुसीकोटमा एमालेका तर्फबाट सोमनाथ सापकोटा, कमला शर्मा, हरि छन्तेल, जीवन खरेल र खड्ग केसीको नाम चर्चामा छ। माओवादीका तर्फबाट खुमबहादुर थापाको एकल चर्चामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्