‘म स्वस्थ–मेरो देश स्वस्थ’ अभियान शुरू



नेपाल समाचारपत्र
काठमाडौं
नयाँ वर्ष २०७४ लाई लक्षित गर्दै स्वास्थ्यमन्त्री गगन थापाले ‘म स्वस्थ–मेरो देश स्वस्थ’ नारासहितको ‘मेरो वर्ष अभियान २०७४’ घोषणा गर्नुभएको छ।

यो अभियान नयाँ वर्षसँगै वैशाख १ गतेदेखि लागू हुनेछ। अभियानलाई विशेष कार्यक्तमको आयोजना गरी प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंको दशरथ रंगशाला आज शुक्तबार उद्घाटन गर्दै हुनुहुन्छ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य प्रणाली र सेवाको विकास गर्नु सरकारको दायित्व रहेकाले अभियान शुरू गरिएको बताउनुभयो।

स्वास्थ्य प्रणाली र सेवाको विकास गर्नु सरकारको दायित्व हो। यसबाट कुनै पनि सरकार मुत्तः हुन पाउँदैन। तर व्यक्ति र परिवार स्वस्थ रहनका लागि हामी हरेकको व्यक्तिगत सचेतना र प्रतिबद्धता पनि उत्तिकै जरूरी छ। जब व्यक्ति र परिवार स्वस्थ रहन सक्छ तब देश स्वस्थ हुनसक्छ मन्त्री थापाले भन्नुभयो।

नेपालमा सर्नेभन्दा नसर्ने रोगको भार चुलिदै गएको अवस्थामा नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले हाल कुन–कुन रोग के–के कारणले बढ्दै छन् भन्ने बारेमा सार्वजनिक गरेको तथ्यांकलाई हेर्दा एक तिहाइ जनसंख्यामा हाइपरटेन्सन र १५ प्रतिशतमा मधुमेह, ४४ प्रतिशत मृत्यु र ८० प्रतिशत बहिरंग बिरामीको कारक रहेको छ।

हरेक वर्ष ८ देखि १० हजार नयाँ क्यान्सर बिरामी बहिरंग बिरामीतर्फ ४३ प्रतिशत श्वासप्रश्वासका दीर्घरोगी, ४० प्रतिशत मुटुरोगी, १२ प्रतिशत मधुमेह र ५ प्रतिशत क्यान्सर रहेको छ।

यी रोगहरूको मुख्य कारक तत्वहरूमा सुर्तीजन्य पदार्थको प्रयोग अत्यधिक भएको उल्लेख गरिएको छ। जसमा १८ दशमलब ५ प्रतिशत जनसंख्याले धुम्रपान गर्ने। यतिमात्र नभै दक्षिण एसियामै १५ प्रतिशत अर्थात धेरै महिला धुम्रपानकर्ता रहेको पनि उल्लेख गरिएको छ।

त्यस्तै मध्यपान गर्ने १७ प्रतिशत जनसंख्या रहेको छ। नसर्ने रोगको मुलकारक तत्वमा जंक फुडको अत्यधिक प्रयोगका कारण हुने मोटोपन १८ प्रतिशत रहेको छ। यसमध्ये ४ प्रतिशतमा अति मोटोपनाका कारण मुटुको समस्या, उच्च रत्तःचाप, मधुमेहजस्ता अनगिन्ती समस्या निम्तिएको पनि जानकारी गराइयो।
यसका साथै नसर्ने रोगको अर्को गम्भिर पक्ष भनेको वातावरणीय रहेको छ। धुँवा, धुलो, प्रदूषणका कारण हुने समस्यामा ग्रामीण भेगमा ७४ प्रतिशत घरपरिवारमा दाउरा (गुइँठा आदिको प्रयोगस शहरी क्षेत्रमा घरबाहिर वायु प्रदूषण, खाद्यवस्तु अत्यधिक विषादीको प्रयोग, मिसावटयुत्तः खाद्यवस्तु, अस्वस्थ असन्तुलित खानपिनशैली रहेको उल्लेख गरिएको छ।

यी समस्याको समाधानका लागि स्वास्थ्य मन्त्रालयले नीतिगत रूपमै गरेका प्रयासहरूमा सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण, मदिरा, सुर्तीजन्य पदार्थ, चिनीयुत्तः पदार्थ प्रयोगमा कमि ल्याउन कर वृद्धिको योजना, वायू प्रदूषण घटाउने कार्ययोजना मन्त्रिपरिषद्मा पेश, पानीको गुणस्तर सुधार्न भइरहेका प्रयासहरू, बहुक्षेत्रीय सडक सुरक्षा कार्ययोजना, राष्ट्रिय पोषण केन्द्र र पोषण अधिकारीहरूको व्यवस्था, मानसिक स्वास्थ्य नीति, विद्यालयमा सामुदायिक नर्सको अवधारणा रहेको पनि मन्त्री थापाले जानकारी गराउनुभयो।

यसका बाबजुद् स्वास्थ्य सेवा विस्तार गरी विपन्न नागरिक उपचार सहायतामा वृद्धि गर्दै लैजाने, कडा रोगको उपचारमा सहुलियत दिँदै आएको ८ बाट १२ वटामा वृद्धि गरिएको छ। त्यस्तै निःशुल्क डायलाइसिस सेवा र निःशुल्क मृगौला प्रत्यारोपणमा पनि सरकारले निकै चनाखो भएर कार्यक्तमहरू विस्तार गर्दै लैजाने नीतिगत रूपमा निर्णय भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्