भारत भ्रमण विषयमा छलफल



काठमाडौँ, ३१ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज राष्ट्रपतिको आसन्न भारत भ्रमणका विषयमा छलफल भएको छ ।

राष्ट्रपति निवास शीतलनिवासमा भएको भेटमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा सरकारले गरिरहेको कामकारबाही विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारीले आगामी वैशाख ४ गतेदेखि भारतको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्