सिंचाइ ट्यांकीले मालामाल



सरिता चलाउने, सल्यान । कृषी समूह नै बनाएर व्यावसायीक रुपमा अन्न रोप्ने र खेतबारीमा वेमौसमी तरकारी खेती तर्फ लागेका सल्यानका किसानहरुलाई सिंचाई ट्यांकी पाएपछि मालामाल भएका छन ।

साविकको रिम २ मा ३० हजार लिटर क्षमताको सिंचाइ ट्यांकी निर्माण भए पछि सुख्खायाममा पनि तरकारी खेती गर्न सजिलो भएको छ । किसान परियोजनाकै सहयोग र स्थानीय जनप्रगती कृषक समूहको सक्रियतामा ट्यांकी निर्माण भएपछि हिजो आजको सुख्खा समयमा पनि तरकारिका विरुवा हुर्काउन निकै सजिलो भएको समूहकी सचिव सिता बुढाले जनाइन् ।

परियोजनाको ५० हजार र हाम्रो करिव ७६ हजार रुपैया गरि जम्मा १ लाख २६ हजारको लागतमा ट्यांकी बनाएइको हो । किसान परियोना अन्तर्गत साविकको रिम गाविसमा मात्रै २८ वटा र सिनवाङमा ७ वटा कृषक समूहहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्