बैनाबट्टा



प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण अहिले चर्चाको शिखरमा छ। एक जनालाई बनाएकै दिन अदालतले रोकिदियो र पछि बदर नै गरिदियो। अदालतले अर्का एक जनालाई बनाउन संकेत गर्दै फैसला गर्यो तर त्यसको लामो समय पालना भएन।

इच्छुकहरुलाई मुख मिठइउने वातावरण सिर्जना गरेर केही समय लड्काएको पाइयो। यो प्रकरणमा बैनाबट्टाको काम पनि भएको कुरा अहिले धरहरा वरपर चर्चा भइरहेको छ।

धरहरा वरपर आउनेमध्ये १ जना भन्दै थिए– राजनीतिज्ञ र अरू सोर्सफोर्स लगाएकाले लिएको बैना अब के हुन्छ होला? दिनेले पनि वैध रूपमा दिएका होइनन्, लिनेले पनि वैधरूपमा लिएका होइनन्। दुवै पक्षको यो अवैध धन्दा अदालतमा गएर दाबी गर्ने कुरा पनि भएन।

धरहरा बैना बुझाएर मर्कामा पर्नेहरूप्रति हार्दिक सहानुभूति जनाउन चाहन्छ र बैना खेर नगएर फलिफापको अवस्थामा पुगेकाहरुलाई बधाई दिन चाहन्छ। मुलुक यसरी नै चलेको छ भने यो धरहराले मात्रै के गर्ने, होइन त पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्