डोटीमा आकांक्षीको चर्चा



विमल विष्ट⁄डोटी

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा चुनावी चहलपहल बढेको छ। गाउँदेखि शहर बजारसम्म चुनावी चर्चा र चहलपहल बढ्दै गएको छ। जिल्लामा क्रियाशिल राजनीतिक दलले गाउ गाउमा चुनाव केन्द्रित कार्यक्रम सुरु गरेका छन्। यस्तै गाउँपालिका तथा नगरपालिका देखि वडा तहसम्म उम्मेद्वार बन्ने आकांक्षीको व्यस्तता पनि बाक्लो
भएको छ।

चुनावको मिति नजिकिदै जाँदा जिल्ला स्थित राजनीतिक दलह्रूले आन्तरिक तयारी तीव्र बनाएका छन्। यस्तै नेतृत्वको दाबेदारह्रूले खुलेर आफ्ना पार्टीका कार्यकर्तासँग आकांक्षा व्यक्त गर्न थालेका छन्। स्थानीय तह १९ वर्षदेखि नेतृत्व बिहीन चलिरहेको अवस्थामा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावमा नेतृत्व लिन मुख्य चार राजनीतिक दलह्रू अहिले कसरतमा जुटेका छन्।

जिल्लाका एक पुरानो तथा एक नयाँ गरी दुई नयाँ नगरपालिका गठन भएसँगै ती नगरपालिकामा नेतृत्व गर्ने भन्दै आकांक्षीको चर्चा सँगै सदरमुकाम डोटी सिलगढीमा रहेको दिपायलसिलगढी नगरपालिका र नयाँ गठन गरिएको शिखर नगरपालिमा चुनावी सरगर्मी बढेको छ।

दिपायल सिलगढी नगरपालिमा मेएर पदका लागि नेपाली कांग्रेसवाट बिजय खड्का,जितबहादुर खड्का तथा बिरेन्द्र शाहको नाम चर्चामा रहेको छ। यसैगरी एमालेबाट पुर्वनगर उपप्रमुख प्रेमबहादुर शाह, पुर्वनगर प्रमुख पुर्णराज जोशी र कृष्ण मलासीको नाम चर्चामा रहेको छ।

त्यस्तै माओवादी केन्द्र सहित अन्य पार्टि बाट भने उम्मेद्वारको नाम यतिखेर खासै चर्चामा छैन्। सबै दाबेदारको नाम चर्चामा रहेता पनि पार्टीले भने अहिलेसम्म उम्मेद्वारको कुनै टुंगो भने लगाएको छैन।

यसरी निर्वाचनको मिति नजिकिदै जाँदा पाटीका नेताह्रू आ–आफ्नो चुनावी प्रचार अभियान लिएर गाउँगाउँ पुगेका छन्। अहिले दलका नेताह्रू गाउँमा सभा सम्मेलन गर्दै आफ्नो पक्षमा मतदान गर्न कार्यकर्ताह्रूलाई आग्रह गर्दैमा व्यस्त रहेका छन्। यो नगरपालिकामा करिब ३१ हजार भन्दा बढी मतदाता संख्या रहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्