चुनाव विथोल्न नेपाल कम्युनिष्ट पार्टी सक्रिय



अनिल खत्री⁄गुल्मी

नेपाल कम्युनिष्ट पार्टी गुल्मीले चुनाव बिरोधी अभियान संचालन गरेको छ। सोहि अभियान अन्तरगत आइतबार जिल्लाका विभिन्न गाउँपालिकाका बोर्ड हटाएको छ। साथै केहि कार्यालयमा ताला लगाएर झण्डा समेत गाडेको पार्टीका जिल्ला सचिवालय सदस्य खिम खड्काले बताए।

बैशाख ३१ गते हुने स्थानीय तहको चुनाव बहिष्कार गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टी गुल्मीले २४ चैत्र देखि चुनाव बहिष्कार पर्चा टाँस्न शुरु गरेको थियो। नेपाल कम्युनिष्ट पार्टी गुल्मीले जिल्लाको मालिका गाउँपालिको अर्खबाङ कार्यालयमा झण्डा गाडेको छ। सामाजिक परिचालक कमल नेपालीका अनुसार सो पार्टीका कार्यक्रता एक्कासी आएर कार्यालयमा झण्डा गाडेर पर्चा पम्पेलेट टाँसेको बताए।

नेपाल कम्युनिष्ट पार्टी गुल्मीको चुनाव बिरोधी अभियान अन्तरगत मदाने गाउँपालिकाको वडा कार्यालयमा ताला लगाइएको छ। साथै बोर्ड च्यातेर कार्यालयमा पर्चा टाँसिएको स्थानीय बोम बहादुर कुवंरले बताए। साथै इलाका प्रहरी कार्यालय पुर्कोटका प्रहरी नायव निरिक्षक अशोक श्रीवास्तवका अनुसार गाउँपालिकाको कार्यालय केहि नभएपनि वडा कार्यालयको बोर्ड फुटालिएको छ भने कार्यालयमा उनीह्रूले ताला लगाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी गुल्मीको जिल्ला सचिवालय सदस्य खिम खडकाले दिएको जानकारी अनुसार गुल्मी दरवार गाउँपालिका र चन्द्रकोट गाउँपालिमा पनि बोर्ड तोडफोड गरेर पर्चा टाँसिएको छ। उनले आफुह्रूको केन्द्रिय अभियान अन्तरगत यो काम गरेका बताए। उनले वैशाख ३१ गते हुने स्थानिय तहको चुनावलाई प्रतिकार गर्दै आफ्नो पार्टीले गाउँ गाउँमा समानान्तर सरकार गठन गर्ने काम भैरहेको बताए। अहिलेको संसदीय व्यवस्थालाई खारेज गरी मुलुकमा वैज्ञानिक साम्यवादको व्यवस्था लागु गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्