कमलामाईका आकाक्षी भोट माग्दै



नविन श्रेष्ठ⁄सिन्धुली
स्थानीय तहको निर्वाचनमा सिन्धुलीका विभन्न राजनीतिक दलका विभिन्न व्यक्तिहरूले कमलामाई नगरपालिकाको प्रमुख पदको दावि गर्नेको भिड देखिएको छ। सबै आफ्नो उमेद्वारीको लागि पार्टीमा लविङ गर्नुका साथै जनतासँग मत माग्न समेत थालिसकेका छन्।

जिल्लामा रहेका ७ गाउपालिका र दुई नगरपालिका मध्य धेरै महत्वपूर्ण रूपमा हेरिएको कमलामाई नगरपालिकामा ठूला दलका नेताहरू आफूलाई पार्टीले टिकट दिने भन्दै जनता माझ पुगेर पार्टीको अवस्थाको मुल्याङकन समेत गर्न थालिसकेका छन्। जिल्लामा रहेका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रमा उमेद्वारीको आकाँक्षिकको भिडनै लागेको देखिन्छ। निर्वाचनमा यी तीन दल विच नै ठूलो प्रतिस्पर्धा हुने देखिन्छ।

नेपाली काँग्रेसका तर्फबाट जिल्ला पार्टी सचिव दिपक घिमिरे, महासमिति सदस्य उपेन्द्र पोख्रेल, पूर्व जिल्ला सभापति माणिक ढकाल, पूर्व गाविस अध्यक्ष अच्युतम ढकाल, महासमिति सदस्य मिन बहादुर श्रेष्ठको मेयरमा दावेदारी देखिन्छ। आकाँक्षि मध्य सचिव घिमिरे, महासमिति सदस्य पोख्रेल र पूर्व सभापति ढकाल मध्य एकले उमेद्वारी पाउने सम्भावन देखिन्छ। देउवा पक्षधर युवा उमेद्वार घिमिर, पाको उमेद्वारको रूपमा ढकाल देखिन्छ भने रामचन्द्र पौडेल पक्षधर पाख्रेल कार्यकर्तामाझ लोकप्रिय भए पनि केन्द्रमा पहुच कम्जोर रहेको देखिन्छ।
नेकपा एमालेको तर्फबाट कमलामाई नगरपालीकामा साविकको डाडिगुरासे, भद्रकाली, जलकन्या, रानिचुरी र रानिवास गाउँ विकास समिति गावियको छ।

यस नगरपालीकामा नेकपा एमाले पुर्व अञ्चल कमिटि सदस्य खड्ग खत्री, नेकपा एमाले जिल्ला कमिटिका उपसचिव महेन्द्र देव श्रेष्ठ, सचिव सुर्य पाख्रिन, जिल्ला कमिटि सचिवालय सदस्य विनोद खड्का, पुर्व कमलामाई नगर कमिटि अध्यक्ष चुडामणी श्रेष्ठ, जिल्ला कमिटि सदस्य कर्ण घिसिङको आकांक्षा देखिएको छ। आकांक्षिहरू मध्ये खड्ग खत्री, महेन्द्र देव श्रेष्ठ, विनोद खड्का मध्ये एक व्यक्तिले मात्र उम्मेदवारको टिकट पाउने सम्भावना रहेको छ। यी मध्य पनि खड्ग खत्रीको सम्भावना राम्रो रहेको श्रोतले दावि गरेको छ। सल्लाहकार अम्बरदिप देवकोटा, केन्द्रिय सदस्य राम थापा, केन्द्रिय सल्लाहकार समिति सदस्य सावित्रा श्रेष्ठको नाम चर्चामा रहेको छ। देवकोटा सिन्धुली सामुदायिक टेक्निकल इन्च्यूट संचालक हुन्। देवकोटाले अहिले इन्च्यूट छाडेर राजनितिमा होमिने अवस्था छैन। श्रेष्ठ वेपत्ता पत्रकार चित्रनारायण श्रेष्ठको श्रीमती भएकोले पनि पार्टीले सम्मानको लागि पनि टिकट दिन सक्ने देखिन्छ। संगठन कम्जोर भएकोले विजयी हुने सम्भावना कम्जोर देखिएकोले श्रेष्ठले छाडेर थापालाई उमेद्वार वनाउने सम्भावना पनि देखिन्छ।

सिन्धुली सदरमुकाम पनि रहेको कमलामाई नगरपालिकामा सबै पार्टीको ध्यान केन्द्रित भए पनि नेपाली काँग्रेस र नेकपा एमाले वीच नै ठूलो प्रतिस्पर्धा हुने विश्लेषकहरूको विश्लेषण रहेको छ। यहाँ राप्रपाका पूर्व केन्द्रिय सदस्य तथा समाजसेवी उज्वलविक्रम थापाको पनि चर्चा रहेको देखिन्छ।

र नयाँ शक्ति पार्टीका जिल्ला संयोजक दिर्घराज श्रेष्ठको पनि चर्चा रहेको खिन्छ। उनीहरूको उमेद्वारी पर्यो भने राप्रपाका थापाले नेपाली काँग्रेसको मत काट्ने र नयाँ शक्तिका श्रेष्ठले नेकपा माओवादी केन्द्रको मत काटिने भएकोले नेकपा एमलोको राम्रो सम्भावना रहेको विश्लेषकहरू वताउछन्।

सबै पार्टीको महत्वका केन्द्र भएकोले सबै पार्टीले यस नगरपालिकामा हार्न चाहेका छैनन्। यस अवस्थामा पार्टी एलाएन्स गरेर संयुक्त रूपमा चुनावमा जान पनि सक्ने देखिन्छ। नयाँ शक्ति र नेकपा माओवादी केन्द्र वीच एलाएन्स हुने सम्भावना देखिदैन भने नोपली काँग्रेस र नेकपा एमाले विच एलाएन्स हुने सम्भावना पनि देखिदैन।

प्रतिक्रिया दिनुहोस्