धुलोमाडौं



सफा सुन्दर शहर एकादेशकै कथा भो। वागमती नदी र विष्णुमति खोला गन्हाएर हिँडिसाध्यै छैन्। राजधानीमा यस्तो एक जना मान्छे भेटाइँदैन जो मुन नछोपी हिडोस्। हरेक मान्छे मुख छापेर हिडनुपर्ने अवस्था छ। अहिले काठमाडौं हो कि धुलोमाडौं हो जनतालाई छुटयाउ नै गाह्रो भएको छ।

राजधानी वर्षाजस्तो धुँवा र धुलोले कुइरिमण्डल भएको छ। धुँवा धुलाले काठमाडौं अत्यास लाग्दो भएको छ। सास फेर्न नै गाह्रो हुँदा पनि सरकार भने कानमा तेल हालेर बसेको छ। मेलम्ची आउछ भनेर बाटो भत्काएर उत्पात छ। तर पानी आउनुअघि नै राजधानीबासी रोगी भएर सखाप होला् भन्ने त्रास र चिन्ता सर्वत्र थपएिको छ। बाटो भत्काउन जान्नेले किन हो बनाउन चाही जान्दैनन ? सरकार के जति धुलो उडाए पनि हामीले सहेरै बस्नुपर्ने हो ? धरहराबाट हेर्दा राजधानीमा धुलो र धँुवा अत्यास लाग्दो बनाउदासमेत भने सरकार भने गफ गर्ने खेतीमै सीमित भएको छ।

प्रतिक्रिया दिनुहोस्