ट्रम्पद्वारा सिको भ्रमण निम्तो स्वीकार



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चिनियाँ समकक्षी सि जिनपिङले चीन भ्रमणका लागि दिएको निमन्त्रणा स्वीकार गरेको अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले शनिबार बताएका छन्। ट्रम्प अमेरिकाको दुई दिने औपचारिक भ्रमणमा रहेका सिलाई फ्लोरिडाको मार ए लागो रिसोर्टमा भेटवार्ता गर्न व्यस्त रहेका थिए।

गत वर्ष ट्रम्पले चीनले अमेरिकालाई बलात्कार गरेको आरोप लगाउँदै चीनलाई मुद्रा दुरूपयोग गर्ने मुलुकको संज्ञा दिएका थिए। तर यस पछिल्लो फ्लोरिडा वार्ता निकै कूटनीतिक देखिनुका साथै दुबै नेताले चीन र अमेरिका बीचको नयाँ ढाँचाको वार्ताका लागि सहमति जनाएका छन्।

टिलर्सनले राष्ट्रपति ट्रम्पको सन् २०१७ मा चीनको राजकीय भ्रमण हुने जानकारी दिएका छन्। तर उनले भ्रमणको निश्चित तिथि भने उल्लेख गरेका छैनन्। टिलर्सनले भनेका छन्, ुदुवै नेताको अत्यन्तै सौहार्द र सकारात्मक वातावरणमा वार्ता भएको छ। यस सम्मेलनको परिणामबारे हामी सबैलाई राम्रो महशुस भइरहेको छ।ु विश्वका दुई सबैभन्दा ठूला आर्थिक रूपमा शक्तिशाली मुलुकबीच अमेरिकी निर्यात प्रवद्र्धन गर्ने र चीनसँगको वासिंटनको व्यापार घाटा घटाउने विषयमा केन्द्रित रहेर व्यापार वार्ता शुरू गर्न १ सय दिने योजना बनाउने सहमति भएको छ।

ट्रम्पले पनि सिसँगको वार्ताका क्रममा आफूले अमेरिका र चीनबीचको सम्बन्धलाई प्रगतिको उचाइमा पु))याएको विश्वास भएको पत्रकारहरूलाई बताएका छन्। चिनियाँ राष्ट्रपति अमेरिकामा आइपुगेकै राति अमेरिकाले सिरियामा रासायनिक हातहतियारबाट आक्रमण भएको आशंकामा सिरिया स्थित एउटा वायु सैनिक अखडामा हवाइ हमला गरेको थियो।

बिहीबार सँँझ सि र उनकी पत्नीले रात्रिभोज गरी उक्त रिसोर्ट छाडेपछि मात्र सो अमेरिकी हवाइ हमला सार्वजनिक गरिएको थियो। यस विषयमा बेइजिंगले कसैको पनि पक्ष लिन अस्वीकार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्