लडाकू समूह एटाद्वारा हतियार सुपुर्दगी



पेरिस, (एजेन्सी)
युरोपमा रहेको अन्तिम हिंसात्मक आन्दोलन औपचारिक रूपमा समाप्त पार्दै बास्क लडाकू समूह एटाले आफ्नो हातहतियार हस्तानतरण गर्ने प्रक्रिया शनिबारदेखि शुरू गरेको छ। फ्रान्सको दक्षिणी शहर बेयोन्नेस्थित एउटा हात हतियार निर्माण कारखाना एक समारोहबीच एटाले न्यायिक निकाय अर्थात नागरिक समाजका सदस्यहरूलाई हस्तान्तरण गरेको छ।

चालिस वर्षभन्दा लामो आफ्नो हिंसात्मक आन्दोलनको क्रममा एटाले आठ सय भन्दा बढी मानिसको ज्यान लिनुका साथै हजारौंलाई घाइते बनाएका थिए। यस समूहले सन् २०११ मा नै युद्धविराम घोषणा गरेता पनि हतियार त्यागेको थिएन।

स्पेनस् तानाशाह जनरल्र फ्रान्कोको शासनकालमा अर्थात पचास वर्षभन्दा पहिले यस लडाकू समूहको स्थापना भएको थियो। एटाको प्रमुख उद्देश्य दक्षिण पश्चिमी फ्रान्स र उत्तरी स्पेनमा स्वतन्त्र बास्क राज्य खडा गर्नुरहेको थियो। सन् १९६८ मा बास्क शहर सान सेवासियानमा एकजना गुप्तचर प्रहरी प्रमुखको हत्या गरी एटाले हिंशाको शुरूआत गरेको थियो।

युरोपेली संघ (ईयू) द्वारा आतंककारी संगठनको सूचीमा राखेको एटासँग वार्ता गर्न फ्रान्स र स्पेनले अस्विकार गरेको थियो। अन्तर्राष्ट्रिय प्रमाणीकरण आयोग (आइभीसी) का अध्यक्ष राम मानिक्कालिंगमले हिजोको यस हातहतियार सुपुर्दगी कार्यक्रपछि बास्क क्षेत्रमा शान्तिको स्थिति मजबुत हुने बताएका छन्।
एटाको निशस्त्रीकरण प्रगति अनुगमनकका लागि सन् २०११ मा आइभीसीको स्थापना भएको थियो। तर त्यसलाई फ्रेन्च र स्पेनी सरकारले औपचारिक मान्यता दिएको थिएन।

प्रतिक्रिया दिनुहोस्