रेडक्रसको केन्द्रिय महाधिवेशन सिन्धुलीमा



नेपाल समाचारपत्र, सिन्धुली

नेपाल रेडक्रस सोसाईटिको आइतवारबाट सुरु हुन केन्द्रिय सभाको ४६ औं महाधिवेशनमा देशभरिका करिब ४ सय रेडक्रस कमीहरुको भेला सिन्धुलीमा हुने भएको छ ।

आईतवार र सोमबार सिन्धुलीमाढीमा हुने हुने महाधिवेसनमा देशका ७५ वटै जिल्लाबाट प्रतिनिधि, केन्द्रिय कार्यसमिति र मनोनित सभासद गरि २ सय ७५ जनाले महाधिवेसनमा भाग लिने अध्यक्ष थापाले जानकारी दिनुभयो । महाधिवेशन उद्घाटन कार्यक्रममा देशभरीका रेडक्रमी, कर्मचारी, अथिति लगाएत करिब ४ सय जनाको सहभागिता रहने छ ।

साथै सो कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय र कार्यालयहरु, समाज कल्याण परिषद, रेडक्रसको अन्तराष्ट्रिय समिति, अन्तराष्ट्रिय महासंघ तथा विभिन्न मुलुकका राष्ट्रिय सोसाईटिका प्रतिनिधिको पनि सहभागिता हुनेछ ।

महाधिवेसनको पुर्व सन्ध्यामा शनिवार सिन्धुलीमाडीमा पत्रकार सम्मेलन गरि महाधिवेसनको तयारी पुरा भएको केन्द्रिय अध्यक्ष संजिव थापाले जानकारी दिनुभयो । आईतवार विहान ७ बजे प्रभात फेरीको आयोजनाबाट महाधिवेसनको सुरुवात गरिने थापाले बताउनुभयो ।

गत आर्थिक बर्षमा संस्थामा ३ अर्व १० करोड ६८ लाख प्राप्त भई २ अर्व ६२ करोड ४७ लाख खर्च भैसकेको र आगामी आर्थिक बर्षकालागि ५ अर्व १४ करोड, ४० लाख कुल बजेट प्रस्ताव गरिने बताइएको छ । जसमा साधारण तर्फ ९.६ प्रतिशत र विकास तर्फ ९०.४ प्रतिशत बजेट रहने छ ।

गत आर्थिक बर्षमा नेपाल रेडक्रस सोसाईटिका गतिविधिबाट ७९ लाख २५ हजार मानिस प्रत्यक्ष लाभान्वीत भएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले बताउनुभयो ।

सिन्धुलीमा पहिलो पटक आयोजना गरिएको महाधिवेसनको सभामुख ओनसरी घर्तिमगरले उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ । दुई दिन चल्ने महाधिवेशनमा १७ लाख खर्च हुने अनुमान गरिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्