एमालेको पक्षमा जनलहर छ – नेता पौडेल



 नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले एमालेको पक्षमा जनलहर बढ्दै गएको बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी आज सदरमुकाम तानसेनमा आयोजना गरेको ५ नं प्रदेशस्तरीय वैठकलाई सम्बोधन गर्दै पौडेलले सत्तापक्ष निर्वाचन टार्न विभिन्न वहानीबाजी र षड्यन्त्रमा लागिपरेको आरोप लगाउनुभयो ।

“एमालेले वैशाख ३१ गते नै देशभरी निर्वाचन गराउनुपर्दछ भन्ने अभियानमा लागेको छ,” उहाँले भन्नुभयो । निर्वाचन अगाडि एमालेले संविधान संशोधनको विषयमा कुनै कुरा सुन्न नचाहेको उहाँको भनाइ थियो ।

“निर्वाचनपछि आवश्यकताअनुसार संविधान संशोधनका विषयमा पार्टीले उपयुक्त विचार दिने छ,” उहाँले भन्नुभयो । हिमालदेखि तराईसम्मका जनता निर्वाचनका लागि आतुर रहेका उहाँको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्