युकेबासीबाट खोटाङलाई ७ वटा एम्बूलेन्स हस्तान्तरण



रामधन राई, खोटाङ ।

युकेबासी खोटाङेहरुले स्थापना गरेको संस्था खोटाङ सेवा समाज यूकेले खोटाङलाई ७ वटा एम्बूलेन्स हस्तान्तरण गरेको छ । हेल्प खोटाङ अभियानअन्तर्गत युके–खोटाङ एम्बुलेन्स प्रोजेक्ट सञ्चालन गरी संकलन गरेको एक करोड १२ लाख बढी रकमबाट खरिद गरिएको एम्बुलेन्स शनिबार सदरमुकाम दिक्तेलमा बिशेष कार्यक्रम आयोजना गरी सञ्चालन तथा उपभोक्ता समितिलाई औपचारिक रुपमा हस्तान्तरण गरेको हो ।
समाजले जन्तेढुंगा गाउँपालिकामा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी, ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दिप्रुङ गाउँपालिकामा पर्ने डाँडागाउँ स्वास्थ्य चौकी, केपिलासगढी गाउँपालिकाको बाक्सिला स्वास्थ्यचौकी, रुपाकोट मझुवागढी गाउँपालिकाको बुईपा स्वास्थ्यचौकी, रुपाकोट मझुवागढी नगरपालिकाकै निर्मलीडाँडा स्वास्थ्यचौकी र खोटेहाङ गाउँपालिकाको सिमपानी स्वास्थ्य चौकीलाई एम्बूलेन्स प्रदान गरेको हो ।
अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि प्रति गोटा ३२ लाख मूल्य पर्ने एम्बूलेन्स जुटाएर स्वास्थ्य संस्थालाई प्रदान गरिएको खोटाङ सेवा समाज यूकेका अध्यक्ष अशोककुमार राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्