चुनाब खारेज अभियान सुरु



नेपाल समाचारपत्र, हेटौंडा ।

मकवानपुरको मनहरीबाट नेकपाको चुनाब खारेज अभियान सुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले मनहरी गाउँपालिकाबाट स्थानीय चुनाब खारेज अभियान सुरु गरिएको हो । विहीबार र शुक्रबार बसेको पार्टी जिल्ला कमिटी बैठकले जिल्लामा चुनाब खारेज अभियान सञ्चालन गर्ने निर्णय अनुरुप मनहरीबाट चुनाब खारेजी पोष्टर टाँस्न सुरु गरेको नेकपा मकानपुरका इञ्चार्ज वीरबहादुर घलान ज्वालाले जानकारी दिनुभयो ।

इञ्चार्ज ज्वालाको नेतृत्वमा गएको टोलीले मनहरी गाउँपालिका कार्यालयको होर्डिङबोर्डमा समेत पोष्टर टाँसिएको छ । स्थानीय चुनाबले जनताको हित नगर्ने तथा देशमा भ्रष्टाचारी र कालोबजारी मौलाउने भन्दै चुनाब खारेजीको माग गर्दै आएको छ । इञ्चार्ज ज्वालाले आफूहरु चुनाबको विरोधी नभएको तर हालको चुनाबले जनताको अधिकारलाई सुनिश्चित गर्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्