निर्वाचन कुनै हालतमा सर्दैन – नेता पण्डित



उर्लाबारी (मोरङ), २६ चैत । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य लालबाबु पण्डितले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताउनुभएको छ ।

मोरङको उर्लाबारीमा आज नगर सङ्गठन कमिटीले आयोजना गरेको स्थानीय तह निर्वाचन प्रचारप्रसार समिति घोषणालाई सम्बोधन गर्दै नेता पण्डितले सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले निर्वाचन सार्न खोजिरहेकाले एमालेले त्यसलाई सफल हुन नदिने बताउनुभयो ।

आगामी स्थानीय तहको निर्वाचनमा दुईतिहाइ बढी स्थानमा एमालेले जित्ने दाबी गर्दै नेता पण्डितले सत्तारुढ दलहरु आत्तिएर निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो ।

अबको स्थानीय तह धेरै अधिकारसम्पन्न हुने बताउँदै उहाँले उम्मेदवार छनोटमा विशेष ध्यान पु¥याउन आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा मुक्ति न्यौपानेको संयोजकत्वमा एक हजार ८७१ जनाको निर्वाचन प्रचारप्रसार समिति घोषणा गरिएको थियो ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य डा शिवमाया तुम्बाहाम्फे, वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, मोरङ जिल्ला अध्यक्ष विनोद ढकाललगायतले स्थानीय तहको निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्