आगलागीबाट दुई लाखको क्षति



काठमाडौँ, २६ चैत । काठमाडौँ महानगरपालिका–१६ स्थित हिमाली ट्रेनिङ कवाडी पसलमा आज बिजुली सर्ट भई आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
धादिङ वेनिघाट–६ का उमाकान्त पौडेलले सञ्चालन गर्दै आएको सो पसलमा बिजुली सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्