बिसु पर्व मनाउन फर्किदै सुदूर परदेशीहरु



विमल विष्ट, डोटी ।
रोजगारीका लागि भारत तथा देशका बिभिन्न ठाउमा गएका सुदूरपश्चिमेलेहरु अहिले नयाँवर्ष अर्थात बिसु पर्व मनाउन घर फर्किन थालेका छन् । परदेशीएकाहरु बिसुपर्ब मनाउन घर फर्किन थालेपछि अहिले डोटी लगायत यहाँका पहाडी जिल्लाहरुमा चहल पहल बढेको छ ।

बर्खे तथा हिउँदे बालीलगाएर खाली समयमा मजदुरी गर्न भारत गएका यहाँका पहाडी जिल्लाका स्थानियहरु नयाँ बर्ष (बिसु) मनाउन घर फर्किन थालेपछि सुदूरपश्चिमको ब्यपार ब्यबसाय पनि केही दिन यता देखी निकै फष्टाउन थालको डोटी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष विरेन्द्र शाहले बताउनु भयो । उहाँले भन्नु भयो ‘रोजगारीका लागि जिल्ला बाहरि र छिमेकी मुलुक गएकाहरु गाउमा गाउ आउन थालेपछि उनिहरुले गर्ने किनमेलका कारण अहिले जिल्लाको आयश्रोत पनि थप बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्