संविधान संशोधन र चुनाव दुवै सम्भव -डा महत



इनरुवा, २६ चैत । नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतले वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुने बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा नेपाल नाइ सङ्घको सातौँ जिल्ला अधिवेशनलाई आज उद्घाटन गर्दै नेता महतले संविधान संशोधन र चुनाव दुवै सम्भव रहेको बताउनुभयो ।

नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्न संविधान कार्यान्वयन आवश्यक रहेको बताउँदै उहाँले वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुने उल्लेख गर्नुभयो ।

नेता महतले निर्वाचनका लागि स्थानीय तहमा उम्मेदवार छनौट, मत माग्ने काम, आफ्नो सङ्गठन गर्ने काम भइरहेकाले आफ्नो पार्टीले जित्नेसमेत दाबी गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्