आधा पनि आएन पुस्तक



नेपाल समाचारपत्र, हेटौंडा ।

नया शैक्षिक सत्र सुरु हुन एक सातामात्र बा“की छ“दा मकवानपुरका विद्यालयमा पाठ्यपुस्तक पु¥याउन सरकार असफल हुने देखिएको छ ।

सत्र सुरु नहु“दै पाठ्यपुस्तक समयमै पु¥याउन माग गर्दै सदनमा पनि कुरा उठ्ने गरेको छ । विद्यालयहरुमा विगत झैं समयमै पाठ्यपुस्तक नपुग्ने रोग बल्झिने संकेत देखिएको छ । पाठ्यपुस्तक छपाइ र वितरण गर्ने दायित्व बोकेका सरकार र मातहत निकायको लापरबाहीको नतिजा हो यो ।
पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने दायित्व जनक शिक्षा सामग्री केन्द्रको हो । तर, जनक शिक्षाको लापरबाही, अक्षमता र अपारदर्शी क्रियाकलापका कारण वर्षेनि पाठ्यपुस्तक अभाव हुने गरेको छ । पाठ्यपुस्तकको कृत्रिम अभाव सिर्जना गर्ने र मोटो कमिसनको खेल हुने गरेको आरोप पनि केन्द्रलाई लाग्दै आएको छ ।
सरकारले पुस्तक पु¥याउने दाबी गरे पनि व्यवहारमा शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि यहा“ पर्याप्त पुस्तक आएको छैन । हालसम्म मकवानपुरमा ३५ प्रतिशत मात्र पाठ्यपुस्तक भित्रिएको छ । हेटांैडा र थाहा नगरसहित गाउ“पालिका तीन स्थानबाट पुस्तक बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्