कम्बोडियाको पहिरोमा परी तीन सय एक जनाको मृत्यु, तीन सयभन्दा बढी वेपत्ता



बोगता कोलम्विया, कोलम्वियाको दक्षिणी शहर मोकोआमा गत हप्ता आएको बाढीमा ९२ बालबालिकासहित ३०१ जना कोलम्वियालीको मृत्यु भएको यहाँको सरकारले बिहीबार जनाएको छ ।

गत हप्ता शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षासँगै मोकोआ क्षेत्रमा प्रमुख तीन नदीमा आएको बाढी र यसका कारण विभिन्न क्षेत्रमा गएको पहिरोले व्यापक धनजनको क्षति भएको कोलम्वियाको केन्द्रीय विपद् व्यवस्थापन कार्यालयले बताएको छ ।

उद्धारकार्यमा खटिएका अधिकारीले २१८ मृत शरीरलाई संकलन गरी उनीहरुको आफन्तलाई बुझाएको उक्त कार्यालयले बताएको छ ।

बाढी तथा पहिरोका कारण तीन हजार २४० मानिस घरबार बिहीन बनेका छन् । बाढी तथा पहिरोमा आफ्नो वासस्थान गुमाएका उनीहरुलाई आधारभूत खाद्यान्न लगायतका सामग्रीको प्रवन्ध गरी शिविरमा राखिएको छ ।

सरकारद्वारा दैवी प्रकोपका कारण ३०१ जनाको मृत्युभएको बताएपनि कोलम्वियाका राष्ट्रपति जुआन म्यानुयल सान्तोसले बुधबार ३१४ जना वेपत्ता भएको बताउनुभएको थियो ।

झन्डै ७० हजार जनसङ्ख्यामा भएको भोकोआमा बस्दै आएका करिव ४५ हजार मानिस उक्त विपद्का कारण प्रभावित बनेका यहाँको रेडक्रस सोसाइटीले जनाएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्