नेपाली सेनाका जवान सम्पर्कविहीन



 खोटाङ, २२ चैत । घर बिदा सकेर ब्यारेक फर्कंदै गरेका नेपाली सेनाका एक जवान सात दिनदेखि सम्पर्कविहीन भएका छन् ।

सुनसरीको बराह नगरपालिका–५ भरौल घर भई खोटाङको दिक्तेलस्थित शेरगण मुडे ब्यारेकमार्फत सोलुखुम्बुको डाँडाखर्क पोष्टमा कार्यरत ३३ वर्षीय अर्जुन थापा गत चैत १६ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

चैत १५ गते हाजिर हुनेगरी १५ दिनको घर बिदामा गएका थापाले दुई दिनपछि चैत १७ गतेमात्र ब्यारेक आइपुग्ने बताएको शेरगण मुडे ब्यारेकले जनाएको छ । चैत १६ गते नै घरबाट हिँडेका उनले सोही दिन बेलुका ओखलढुङ्गा आइपुगेर टेलिफोन सम्पर्क गरेका थिए ।

थापाले ओखलढुङ्गा पुगँे भनेर घरमा सम्पर्क गरेको उहाँका दाजु गणेशले बताउनुभयो– “त्यसपछि सम्पर्कमा आउनु भएको छैन ।” थापा नेपाली सेनाको पूर्वी पृतना इटहरीमा दरबन्दी भई शेरगण मुडे ब्यारेकमा छ महिनाअघिदेखि काजमा खटिएर खोटाङ आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्