चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बलको मौलोपूजा सम्पन्न



काठमाडौं, (नेस) ।

चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भुमा मंगलबार विहान सशस्त्र प्रहरी बलको निशान तथा मौलोपूजा वैद्धिक विधिपूर्वक सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले विशेष कार्यक्रमका बीच पूजाअर्चना गर्नुभएको उक्त निशान तथा मौलोपूजा कार्यक्रममा एपीएफ अधिकृत तथा जवानहरुबाट पूजाअर्चना एवं मौलो परिक्रमा सम्पन्न गरिएको हो ।
मगंलबार सबेरै सम्पन्न पूजाको संकल्प साइतमा गरिएको निशान तथा मौलोपूजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बलको निशानमा पन्जाछाप लगाउनुभएको प्रहरीले उल्लेख गरेको छ ।

सशस्त्र प्रहरी व्याण्डको मंगलधुन बीच सुरु भएको उक्त पूजा कार्यक्रममा सशस्त्र प्रहरी बलको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले मौलोपूजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलार्ई पगरी तथा नगद पुरस्कार प्रदान पनि गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्