ताप्लेजुङमा चट्याङ लागेर १ बालकको मृत्यू , २ घाईत



रविन भट्टराई, ताप्लेजुङ ।

ताप्लेजुङमा सोमबार दिउँसो चट्याङ लागेर एक किसोरको मृत्यू भएको छ भने अन्य दुई बालक घाईते भएका छन् ।

घर नजिकै खेलिरहेका श्रीङजङगा गाउँपालिका २ पेदाङका गंगाराम विकका १४ वर्षीय छोरा खेमराज विकको घटनास्थलमानै मृत्यू भएको हो भने गंगारामकै १२ वर्षीय छोरा रमेश विक र प्रकास भण्डारीका १४ वर्षीय छोरा गुणराज भण्डारी घाईते भएका छन् ।

घाईतेको घरमानै स्वास्थ्य कर्मि झिकाई उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

घटना स्थल ईलाका स्वास्थ्य चौकी तेल्लोक र प्रहरी चौकी तेल्लोकबाट दुई घण्टाको दुरीमा रहेकाले प्रहरी र स्वास्थ्य कर्मिको टोली राति मात्र घटना स्थलमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्