छिमेकीको अर्थनीतिले हाम्रो देशका उद्योग व्यवसायमा प्रभाव पार्ने गरेको छ



श्याम काबरा
सञ्चालक, काबरा ग्रुप

सन् १९८५ मा एउटा बिस्कुट उद्योगबाट शुरू भएको काबरा ग्रुपअन्तर्गत हाल ७ वटा उद्योग र ३ वटा ट्रेडिङ फर्म रहेको छ। गणपतलाल काबराको संरक्षकत्वमा छोरा, भतिजाहरूको व्यवस्थापनमा सञ्चालित काबरा ग्रुपको ‘क्वालिटी’ ब्रान्डले उपभोक्ता माझ स्वाद र गुणस्तरका रूपमा परिचित छ।

३१ वर्षदेखि बिस्कुट, चकलेट तथा स्न्याक्सको बजारमा अग्रणी ब्रान्डको रूपमा रहेको यस कम्पनीका विभिन्न स्वादका १०७ थरी बिस्कुट, ८७ थरी चकलेट–वेफर्सका साथै स्न्याक्स स्टिक्स, चिज रिङ, चिजबल्स, पोटेटो क्रेकर बजारमा उपलब्ध रहेको छ भने तयारी चाउचाउ केही महिनाभित्रै बजारमा आउन लागेको छ। व्यावसायिक प्रतिष्ठान काबरा ग्रुपका सञ्चालक श्याम काबरासँग नेपाल समाचारपत्रले गरेको कुराकानी।

पछिल्लो समयमा मुलुकको औद्योगिक अवस्था कस्तो छ ?

मुलुकको पछिल्लो समयको अस्थिर राजनीतिले निःसन्देह उद्योग व्यवसायमा प्रतिकूल प्रभाव पारेको छ। कतिपय उद्योग व्यवसाय सदाको लागि बन्द गर्न बाध्य पारियो भने कतिपयले खोल्दै बन्द गर्दै त्रासमा उद्योग सञ्चालन गर्नुपर्यो। बन्द हड्ताल, नाकाबन्दी आदिले उद्योग व्यवसायलाई आर्थिक तथा व्यावसायिक रूपमा पुर्याएको अकल्पनीय क्षतिले मुलुककै आर्थिक विकासमा नकरात्मक प्रभाव पारेको हुँदा यसले आउँदा केही वर्षसम्म समस्त अर्थतन्त्रलाई प्रभावित पारिरहने छ भन्ने हाम्रो आँकलन रहेको छ। तर, पनि हामी परिस्थिति अनुरूप आपूmलाई ढाल्दै सम्झौता गर्दै उद्योग व्यवसाय सञ्चालन गरिरहेका छौं।

लगानीको वातावरण व्यावसायिक हित अनुकूल छ कि छैन ?

लगानी वातावरण सम्बन्धमा भन्नुपर्दा बाधा अड्चनहरू सानो, ठूलो जहाँ पनि भई नै रहेको हुन्छ। बन्द हड्ताल तथा नाकाबन्दी आदिले कतिपयको लगानी डुबेको, उद्योग व्यवसायबाट पलायन भएको ज्वलन्त उदाहरणहरू रहँदा रहँदै पनि आइपरेका समस्याहरूलाई पन्छाउँदै समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेकाले धेरै विषयमा हामी सम्झौता गर्न बँध्य भयौं। साथै उद्योग सञ्चालनलाई निरन्तरता दिने प्रयास गर्दै गयौं। अहिले पनि श्रम क्षेत्रमा, विद्युत्, औद्योगिक नीति, वित्तीय क्षेत्रलगायत उद्योगलाई आवश्यक मुख्य तथा सहायक कच्चापदार्थ आयात गर्दाको अवस्थामा भोग्नु परिरहेको यावत कठिनाईहरू आदिको गहिराई जाने हो भने धेरै चर्चा परिचर्चा छलफल विश्लेषण गर्नुपर्ने हुन्छ, त्यसैले समष्टिगतमा भन्नुपर्दा लगानी डुबिहाल्ने अवस्था छैन। लगानी वातावरण व्यावसायिक हित अनुकुल नै छ।

व्यावसायिक क्षेत्रका समस्या के–के हुन् ?

व्यावसायिक क्षेत्रका समस्याहरू अनगिन्ती छन्। यो र त्यो भनी औल्याउँदै जाने हो भने एउटा किताब नै तयार होला। तर, पनि मुख्यतः विद्युत्, बाटोघाटो, यातायात, श्रम समस्या, दक्ष श्रमिकको अभाव, मुख्य तथा सहायक कच्चापदार्थमा परनिर्भरता, बेलाबेलामा राजनीतिक बन्द हड्ताल, छिमेकी मुलुकको अर्थनीतिको प्रभाव आदि हाम्रा देशका उद्योग व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ र यसको स्थायी समाधान हुनेमा सबैलाई शंका छ।

उद्योग व्यवसायको क्षेत्रमा सरकारी नीति कस्तो छ ?

सरकारले राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश, आवश्यकता आदिलाई ध्यानमा राखी तर्जुमा गरेको नीति समष्टिगत रूपमा भन्नुपर्दा राम्रो छ। सोही अनुरूप हामी उद्योग व्यवसाय सञ्चालन गर्दै आएका छौं। मेरो विचारमा सरकारी नीति निर्माण गर्दा उद्योग व्यवसायलाई सोबाट पर्न सक्ने प्रतिकुल⁄अनुकुल प्रभावको आँकलन पछि आवश्यकताअनुरूप निर्माण भएमा सोको कार्यान्वयन सफल तथा सहज हुने र जो कोहीलाई पनि ढुक्कका साथ नीति निर्देशनको परिधिभित्र रहेर उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण तयार हुने थियो जस्तो लाग्छ। तर, यहाँ राजनीतिक हस्तक्षेप, वाद, राजनीतिक परिवर्तनले सरकारी नीतिमा हस्तक्षेप⁄परिवर्तन हुने गर्छ।

काबरा ग्रुप के–के व्यवसायमा आबद्ध छ ?

काबरा ग्रुप बिस्कुट, चकलेट, स्न्याक्स, पेकेजिङ, आयात निर्यात व्यवसायमा आबद्ध छ।

यस समूहले उत्पादन गर्ने वस्तुको बजार हिस्सा कस्तो छ ?

काबरा ग्रुपअन्तर्गतका उद्योगबाट उत्पादित ‘क्वालिटी’ ब्रान्डका उत्पादनहरूले ओगटेको बजार हिस्साको प्रतिशत ठ्याक्कै भन्न सकिएन, तर यति चाहिँ भन्न सकिन्छ कि अन्य प्रतिस्पर्धीका ब्राण्डहरूको अपेक्षा क्वालिटी ब्रान्डका उत्पादनहरूको बजार हिस्सा बढी छ र बढ्दै गइरहेको छ। झन् आगामी दिनमा लञ्च हुन गइरहेको नयाँ–नयाँ प्रोडक्टहरूले काबरा ग्रुपको बजार हिस्सा विस्तार गर्न अझ महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा हामी विश्वस्त छौं।

सामान्य व्यक्तिले अन्य कम्पनीको उत्पादनभन्दा यहाँहरूको उत्पादनलाई रोज्नुपर्ने के कस्ता कारण छन् ?

हाम्रो उत्पादन नै खोज्नु र रोज्नुमा स्वाद, गुणस्तर, तौल तथा आकर्षक प्याकिङ हो भन्ने मलाई लाग्छ। साथसाथै जिल्ला, नगर, गाउँ, टोल गल्ली गल्लीका पसलहरूबाट उपलब्ध हुने गरी स्थापित वितरण सञ्चालको उचित व्यवस्थापनले समेत आम उपभोक्ताहरू र हामीबीचको सम्बन्ध अझ नजिक भएकोले सबैको खोजाई, रोजाईमा पर्न सफल भएका हौं।

आफ्ना उत्पादनहरूको विदेश निर्यात गर्ने कुनै सोच छ कि ? यहाँहरूको भावी योजना के छ ?

हाम्रा ‘क्वालिटी’ ब्रान्डका उत्पादनहरू स्वाद, गुणस्तर तथा प्याकिङमा मल्टिनेसनल उत्पादकको हाराहारी रहेकाले विदेश निर्यातको हाललाई स्यानो प्रयास गरिएको छ। देशकै प्रतिनिधित्व हुने गरी निर्यात गर्ने भएकाले उत्पादनको गुणस्तर, स्वाद तथा प्याकिङमा विशेष ध्यान दिएका छौं। नमूनाको रूपमा शुरू गरेकोलाई भविष्यमा व्यापकता प्रदान गर्नेतर्पm अघि बढिरहेका छौं।

मुलुकको औद्योगिक ऐन व्यवसायमैत्री छ कि छैन ?

सरकारले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, वित्तीय, योजना आयोग, केन्द्रीय बैंक आदिसँग समन्वयमा तर्जुमा गरेको औद्योगिक ऐन राम्रो नराम्रो पक्षबारे सम्बन्धित संघसंस्थाले बेलाबेलामा आफ्नो सहमति⁄विमति सरकारका सम्बन्धित निकायमा राख्दै आएको नै छ। समय समयमा संशोधन भई नै रहेको हुँदा औद्योगिक नीति व्यावसायिक मैत्री रहेको हाम्रो ठहर छ।

यहाँहरूले उत्पादन गर्ने खाद्य पदार्थको गुणस्तर र मूल्य कस्तो छ ?

काबरा ग्रुपअन्तर्गतका उद्योगबाट उत्पादित बिस्कुट, चकलेट, स्न्याक्स आदिको गुणस्तर सरकार, खाद्य तथा गुणस्तर विभागबाट तोकिएको गुणस्तर मापदण्ड अनुरूप रहेको छ। उपभोक्ताको स्वास्थ्यलाई सर्वोपरि राखी हामी हाम्रा उत्पादनहरू उपभोक्तामाझ पुर्याउन अघि विभिन्न गुणस्तर परिक्षण गरेर मात्र बजारमा पठाउँदै आएका छौं। यसैगरी बजार मूल्यको हकमा तौल बमोजिमको मूल्य कायम गर्ने गरेका छौं। उपभोक्ता बजार मूल्य र तौल विगत केही वर्षदेखि एउटै रहेको हाम्रो उत्पादनको स्तरियता र गुणस्तर पनि एकै किसिमको रहेको छ। ‘क्वालिटी’ ब्रान्ड मुलुककै अग्रणी ब्रान्डमध्येको एक प्रतिष्ठित ब्रान्ड भएकोले स्तरीयतामा र गुणस्तरमा कहिले पनि सम्झौता गर्दैनौं।

यहाँहरूको उत्पादन मुलुकको कुन–कुन भागमा पुगेको छ ?

हाम्रा उत्पादनहरू मुलुकका सुगम दुर्गम विकट क्षेत्रहरूका गाउँटोलका पसलबाट समेत उपलब्ध हुने गरी वितरण व्यवस्था मिलाएका छौं। ताकी हाम्रा उत्पादनहरू सबै तह र तप्काहरूले उपभोग गर्न पाउन्। खोजेको बेला हाम्रास्तरीय गुणस्तरीय स्वास्थ्यवद्र्धक उत्पादनहरू प्रयोग गर्न सकुन्।

यहाँहरूको उत्पादन खासगरी समाजको कुन वर्ग लक्षित छ ?

सबै वर्ग अर्थात् केटाकेटी, युवायुवती, प्रौढ तथा बृद्ध बृद्धाहरूका साथै हरेक तह र तप्काका उपभोक्ताहरूलाई लक्षित गरेर सोही अनुरूपका उत्पादनहरू बजारमा ल्याएका छौं। हाम्रा उत्पादनहरू निम्नस्तर—निम्नमध्यमस्तर, मध्यमस्तर—उच्चस्तर सबै वर्गले रुचाउने विभिन्न स्वाद तथा प्याकिङमा रहेको हुँदा सबैको पहिलो रोजाईमा रहेको छ।

उद्योग व्यवसायका अलावा अन्य कुन कुन क्षेत्रमा आबद्धता छ ?

हाल सञ्चालनमा रहेका उद्योग व्यवसायको विकास, सम्बद्र्धन तथा विस्तारमा लागेका छौं। क्षमता विस्तार तथा आधुनिकीकरणतर्पm व्यस्ता रहेका हामी यो कार्य सम्पन्न पश्चात्मात्रै अन्य क्षेत्रमा हात हाल्ने विचार गरेका छौं। तत्काललाई उद्योग व्यवसाय बाहेक अन्य क्षेत्रमा आबद्ध छैनौं।

सामाजिक क्रियाकलापमा यहाँहरूको योगदान के छ ?

सामाजिक क्रियाकलापअन्तर्गत हामी विशेषतः शिक्षा क्षेत्रतर्पm आकर्षिक छौं। आजका विद्यार्थी देशका भविष्यका कर्णधार हुन् र उनीहरूको बौद्धिक तथा शैक्षिक विकासमा अलिकति भए पनि योगदान गर्न सकिन्छ कि भनेर विद्यार्थी भाईबहिनीहरूको बौद्धिक विकासलाई ध्यानमा राखी ‘टेस्टी टेस्टी क्विज कन्टेस्ट’ विगत २० वर्षदेखि र ‘टेस्टी टेस्टी मिस एसएलसी’ ३ वर्षदेखि सफलतापूर्वक आयोजना गरिरहेका छौं। यसपटक पनि गर्न गइरहेका छौं। हाम्रो ग्रुपले शिक्षासँग सम्बन्धित संघ संस्थाहरूको सहयोगमा केही गरौं भन्ने सोचाईअन्तर्गत विभिन्न योजना तथा कार्यक्रमहरूबारे छलफल गरिरहेको छ।

आफ्नो व्यवसायबाट कत्तिको सन्तुष्टि मिलेको छ ?

मुलुककै अग्रणी ब्रान्डको रूपमा स्थापित र सबैको खोजाई र रोजाईमा पहिलो स्थानमा रहेको ‘क्वालिटी’ ब्रान्डले प्राप्त गरेको सफलता काबरा ग्रुपको लागि ठूलो सम्पत्ति हो। यो सन्तुष्टिको विषय भए पनि हामी यतिकैमा सन्तुष्ट छैनौं, किनकी ‘विकासपथमा अग्रसरले प्राप्त गरेको स्थानमा नै सन्तुष्ट भई दिए अझ अगाडिको पथमा रहेको स्थानमा अन्य कोही पुग्नेछन्’। त्यसैले प्रतिस्पर्धात्मक युगमा उद्योग व्यवसायलाई अझ उचाईमा पुर्याउन र कालान्तरसम्म शिखरमा स्थापित गरिरहन अन्त्यहीन विकास पथमा अघि बढी नै रहनुपर्छ र यसैलाई हामी अनुकरण पनि गरिरहेका छौं।

व्यवसाय विस्तारको योजना के छ ?

व्यवसाय विस्तारअन्तर्गत केही नयाँ उद्योगहरू थप्ने गृहकार्य भइरहेको छ र जसमध्ये तयारी चाउचाउ उद्योग निकट भविष्यमा नै सञ्चालनमा आउन लागेको छ। यसैगरी प्याकेजिङ क्षेत्रमा समेत अन्तर्राष्ट्रियस्तरको प्याकेजिङ उद्योग स्थापना गर्नेतर्पm छलफल चलिरहेको छ। साथै ट्रेडिङतर्पm हाल अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कम्पनीका उत्पादनहरू आयात गरी काबरा ग्रुपको बिक्री सञ्जालमार्पmत सफलतापूर्वक बिक्री वितरण गरिरहेका छौं र मुलुकको आवश्यकताअनुसार उपभोक्ताको मागलाई ध्यानमा राखी नयाँ–नयाँ स्तरीय, गुणस्तरीय तथा स्वास्थ्यबद्र्धक उत्पादनहरू आयात गर्नेतर्पm सम्बन्धित निर्यातकर्ता कम्पनीसँग वार्ता समेत भइरहेको छ।

तपाईंले व्यवसाय गरेको क्षेत्रमा कतिको प्रतिस्पर्धा हुन्छ ?

बिस्कुट, चकलेट तथा स्न्याक्सको बजारमा धेरै प्रतिस्पर्धा छ। तपाईले देख्नु नै भएको छ कि बजारमा एउटै वस्तु विभिन्न उद्योगले विभिन्न नाम तथा प्याकिङमा बजारमा पुर्याएका छन्। कुन रोज्नु, कुन खानु, कुन असल र कुन कमसल आम उपभोक्ता असमञ्जसमा पर्दै आएका छन्। हाम्रोजस्तो उद्योग व्यवसायमा अझ प्रतिस्पर्धा हुनुपर्छ, उपभोक्ताको पहिलो रोजाईमा पर्ने गरी आ–आफ्ना उत्पादनलाई अझ स्तरीयता, गुणस्तरीयतातर्पm विशेष ध्यान दिउन्। यसबाट आम उपभोक्ता लाभान्वित हुन्छन्। निजलाई रोजाईको स्वतन्त्रता हुन्छ, रोजाईको विभिन्न विकल्प उपलब्ध हुन्छ। तर, अस्वस्थ प्रतिस्पर्धा हुनु हुँदैन, यसले आपूmलगायत प्रतिस्पर्धी तथा आम उपभोक्ता समेतलाई नकरात्मक प्रभाव पार्दै आएको कतिपय उदाहरणहरू बेलाबेलामा छापामा आउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्