संरक्षित बन्यजन्तुको छाला र हड्डी ओसारपसार



नेपाल समाचारपत्र, काठमाण्डौ । राष्ट्रिय निकुञ्जक तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत चितुवाको छाला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौ महानगरपालिका १६ बालाजुबाट संरक्षित वन्यजन्तु चितुवाको १ थान छाला सहित मकवानपुर, हेटौडा नगरपालिका ११ बस्ने २३ बर्षका बिनेश भण्डारी, सोही ठाउँका बर्ष ३३ का अनुप बर्तौला र बर्ष २५ का बिवेक बर्तौला रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले काठमाण्डौबाट चितुवाको छाला एक थान बिरगंजबाट चितुवाको छाला दुई थान र बिरगंजबाट बन्यजन्तुको ३४.९ के.जी. हड्डी बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
यस बारेमा अनुसन्धान एवं आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाण्डौं र पर्सामा बुझाईएको प्रहरीले जनाएको छ ।

दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा तिनका अङ्ग प्रत्यङ्गहरुको गैरकानूनी ओसार पसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्जक तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार चितुवा संरक्षित सुचीमा छ ।

प्रतिक्रिया दिनुहोस्