अहिलेको आवश्यकता व्यबहारिक र प्राबिधिक शिक्षा- मन्त्री पौडेल



पुष्कर बुढाथोकी, भक्तपुर ।

शिक्षा मन्त्री धनिराम पौडेलले अहिलेको आवश्यकता व्यबहारिक र प्राबिधिक शिक्षा भएको बताउनुभएको छ ।

वाल साहित्यकार एवं प्रगतिवादी साहित्यकार शान्तदासद्धारा लिखित ‘शिक्षा र शिक्षा–क्षेत्र’ नामक पुस्तकको लोकार्पण गर्दै मन्त्री पौडेलले सरकारले देशभर प्राबिधिक शिक्षाको पहँुच पुर्याउने कार्यक्रम अघि सारेको चर्चा गर्दै सामुदायीक विद्यालयको गुणस्तर बृद्धि गर्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।
मन्त्री पौडेलले शिक्षा क्षेत्रको विकासका लागि सरकारले शिक्षा ऐनमा आवश्यक परिवर्तन गर्न लागेको बताउनुभयो ।कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, कृतिकार शान्तदास, प्राज्ञ मातृका पोखरेल, तारामान जोशी ,डिल्लीराम गौतम, हरिबहादुर श्रेष्ठ लगायतले कृति संग्रहनीय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्