विद्युत चोरी गरेर पानी वितरण गर्ने पक्राऊ



पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुर नगरपालिका पुरानो जगाती क्षेत्रका ७० घरलाई विद्युत चोरी गरि खानेपानी वितरण गर्दै आएका स्थानीय कृष्णलाल किसी सोमबार पक्राऊ परेका छन् ।

दर्ता नगरी जगाती खानेपानी उपभोक्ता समूह गठन गरि सोही समितिका अध्यक्ष समेत रहेका किसीले विदूत चोरी गरी खानेपानी वितरण गर्दै आएको नेपाल विद्याुत प्राधिकरणको विशेष टोलीको अनुमगनका क्रममा पत्ता लगाए पछि पक्राऊ गरिएको हो ।

नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखाको नेतृत्वमा गएको प्रहरी समेतको टोलीले समितिका अध्यक्ष किसीलाई पक्राऊ गरेपछि पक्राऊको विरोधमा पानी उपभोग गर्दै आएका उपभोक्ताले प्रहरी बृत्त घेराऊ गरेका थिए ।
प्राधिकरणले चोरीको विद्युतबाट समितिले प्रयोग गरेको चार वटा समर सिभल पम्पको प्रयोग गरी डिप बोरिङ्गबाट पानी तानेर दैनिक ७० घरका साथै सार्वजनिक धारा समेत राखेर पानी वितरण गरेको पाईएको नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखाका प्रमुख बिक्रम अमात्यले जानकारी दिनुभयो ।

प्राधिकरणले आफ्नो नियमानुसार जरिवाना असुल गरेर मात्रै छाडिने बताउनुभयो । पक्राऊ परेका किसीलाई महानगरीय प्रहरी बृत्त जगातीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्