‘फुल’ का गफ



धरहरावरपर आएर हिजो थुप्रैले ढाँटढुँट कुरा गरेको सुनेर धरहरालाई भने विरक्त लागेको छ। त्यसो गर्नुको मतलब हिजो अंग्रेजी सम्बतअनुसार अप्रिल १ परेर हो रे। हामी नेपालीको बानी पनि विचित्रको छ। गलत कुरा केही छ भने त्यो चाहिं हामी संसारको जुनसुकै कुनाबाट थपक्कै टिपिहाल्छौं तर सही कुरा चाहिं हामी कहिले पनि सिक्न खोज्दैनौं। सुशासनको कुरा सिक्दैनौं।जनतालाई खुसी बनाउने कुरा सिक्दैनौं। भ्रष्टाचार नगर्ने कुरा सिक्दैनौं। राज्य संयन्त्रलाई हानी नपुर्याउने कुरा सिक्दैनौं। तर, झूट बोल्नेजस्ता नचाहिने कुरा भने हामी फटाफट सिकिहाल्छौं। हिजो शनिबारको सामाजिक सञ्जालले यस्तै संकेत गरेको थियो।

धरहरालाई चाहिं यस्ता ‘फुल’का कुरामा लाग्नु छैन है पाठकबृन्द। बरु त्यस्तो ‘फुल’लाई ‘नो फुल’ भन्दै सत्य दिवसतिर लागौं। गलत कुरा नसिकौं। अरुका राम्रा कुरा सिकौं। अझै पनि गलत कुरा सिक्नतिर लागियो भने हाम्रो देश कहिल्यै पनि अघि बढ्न सक्दैन। हामी भन्दापछि स्वतन्त्र भएका मुलुक कहाँ पुगिसके हामी भने त्यस्ता ‘फुल’ तिर लागेर समय कहिलेसम्म बर्बाद पार्ने ? यतातिर ध्यान दिएर आइन्दा त्यस्तो लहैलहैमा नलाग्ने बाचा पो गर्ने हो कि ? रिसानी माफ है ‘फुल’ पक्षधर मित्रहरू।

प्रतिक्रिया दिनुहोस्