कोटेश्वरका उज्वललाई स्वर्ण



काठमाडौं, (नेस)
कोटेश्वरका उज्वल गुरागाईंले यति–ज्ञान खुला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्। पुरुष ७४ केजीको फाइनलमा उज्वलले न्यु गोल्डका सतिश महर्जनलाई पराजित गरे।

खोकनास्थित ज्ञानोदय रेसिडेन्सियल स्कुल र यति तेक्वान्दो डोजाङद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषतर्फ ५४ केजीमा न्यु जेनका अम्बिकाप्रसाद घिमिरेले सीतापाइलाका सैलेश गिरी, ५८ केजीमा कोटेश्वरका विपुल थापाले यतिका संग्राम मोक्तान तामाङ, ६३ केजीमा यतिका ज्ञानेन्द्र हमालले कोटेश्वरका विश्वराज श्रेष्ठ तथा ६८ केजीमा न्यु जेनका निशान श्रेष्ठले द च्यालेन्जरका किरण सितिखुलाई फाइनलमा हराउदै पहिलो स्थान हात पारे।महिलाको ४६ केजीमा कोटेश्वरकी मनीता पाण्डे, ४९ केजीमा न्यु जेनकी युनिशा राई, ५३ केजीमा कोटेश्वरकी सुष्मा श्रेष्ठ, ५७ केजीमा यतिकी सन्ध्याकुमारी सिंह तथा ६२ केजीमा विजेश्वरीकी आकृति कार्कीले स्वर्ण जिते।

प्रतिक्रिया दिनुहोस्