फेडेरर र नाडालबीच अर्को फाइनल खेल



लन्डन, (एजेन्सी)
रोजर फेडेररले तीन घण्टा संघर्ष गरी निक कीर्गोसलाई हराएर मायामी ओपन टेनिसको फाइनलमा राफाल नाडालसँग खेल्ने पक्का गरेका छन्।

३५ वर्षीय स्विस खेलाडीले अस्ट्रेलियाका कीर्गोसलाई ७–६, ६–७, ७–६ ले हराएका हुन्। आइतबार हुने फाइनल फेडेरर र स्पेनका नाडालबीच ३७औं खेल हुनेछ। यसै जनवरीमा सम्पन्न अस्ट्रेलियन ओपनमा यी दुई दिग्गज खेलाडीबीच फाइनल खेल भएको थियो। जसमा फेडेररले बाजी मारेका थिए।

यसअघिको पहिलो सेमिफाइनल खेलमा ३० वर्षीय नाडालले इटालीका फाबियो फोग्नीनीलाई ६–१, ७–५ ले हराएका थिए। नाडालले जितपछि बताए—मेरो लागि यो फाइनल महान हुनेछ। म अर्को महत्त्वपूर्ण इभेन्टको फाइनलमा खेल्न उत्साहित भएको छु। त्यहाँ रोजरको सामना गर्ने भएकोले हामी दुईका लागि पनि विशेष हुनेछ।
मायामीमा उपाधि सन् २००६ मा जितेका फेडेररले बताए—ज्यादै राम्रो महसुस गरेको छु। खेलमा तीन ब्रेकर्स खेल्न अक्सर प्राप्त हुँदैन। टाइब्रेकर जित्न साँच्चिकै रोमाञ्चित हुन्छ।

प्रतिक्रिया दिनुहोस्