नवीनलाई चेस उपाधि



काठमाडौं, (नेस)
चन्द्रनारायण शुद्धाकार स्मृति खुल्ला रेपिड रेटिङ चेस टुर्नामेन्टको उपाधि पूर्वराष्ट्रिय च्याम्पियन नवीन तण्डुकारले जितेका छन्। स्वीस लिग ७ चरणमा उनले ६ जित र एक बराबरी खेलेका थिए। नवीनले उपाधिसँगै नगद १० हजार हात पारे।

दुई दिने टुर्नामेन्टमा समान साढे ५ अंक भए पनि प्रोग्रेसिव टाइब्रेकरमा शुभकामना साकोसका वर्तमान राष्ट्रिय च्याम्पियन मदनकृष्ण कायस्थ दोस्रो, ख्वप साकोसका निर्मल सुवाल तेस्रो र पूर्वराष्ट्रिय च्याम्पियन केशवश्रेष्ठ चौथौं भए। उनीहरूले नगदक्रमशः ६ हजार, ४ हजार र ३ हजार प्राप्त गरे।

। श्रमजीवि साकोस याछेंद्वारा १९औं स्थापना दिवस तथा ६०औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रतियोगिता आयोजना भएको थियो।

प्रतिक्रिया दिनुहोस्