रामेको करिअरमा चौथो उपाधि



काठमाडौं, (नेस)

रामे थापाले सूर्य नेपाल काठमाण्डु ओपन गल्फ च्याम्पियनसिपको उपाधि शुक्रबार जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा सम्पन्न प्रतियागितामा रामेले कुल ५ अन्डर २६७ स्कोर गरी उपाधि जितेका हुन्।

करिअरको चौथो उपाधि हात पार्नुका साथै उनले पहिलो पुरस्कार ८५ हजारको चेक पनि प्राप्त गरे। रामेले भुवन नगरकोटी र नेपालका नम्बर एक गल्फ खेलाडी शिवराम श्रेष्ठमाथि अन्तिम चरणमा ६ स्ट्रोक अग्रता लिएका थिए। शिवरामले दोस्रो हुँदै ५८ हजारको चेक हासिल गरे भने भुवनले ४५ हजार नगद प्राप्त गरेका थिए।

यसै गरी सूर्यप्रसाद शर्मा र धनबहादुर थापाले संयुक्तरूपमा चौथो स्थानमा रहेर समान ३० हजार रुपियाँ प्राप्त गरे। सञ्जय लामाले छैटौं हुँदै ३० हजार रुपियाँ जित्दा विकास अधिकारी र रवि खड्का सातौं स्थानमा साझेदारी गर्दै जनही २३ हजार ७ सय ५० नगद हासिल गरे।

त्यस्तै भुवनकुमार रोक्का नवौं स्थानमा रहेर २० हजार रुपियाँ जिते भने कृष्णमान राजबाहक र यलम्बर सिंह अधिकारी दशौं स्थानमा रहेर जनही १७ हजार नगद प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्