एसियन एन्डुरा माउन्टेन बाइक रेस हुने



नेपाल समाचारपत्र
काठमाडौं

माउन्टेन बाइकिङ कम्पनी नार्लीको आयोजनामा दोस्रो एसियाली एन्डुरा माउन्टेन बाइक प्रतियोगिता चैत २४ देखि २७ गतेसम्म नगरकोटमा हुने भएको छ।

प्रतियोगितामा विभिन्न १७ राष्ट्रका ८१ प्रतिस्पर्धी सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनाएको हो। जसमा नेपालबाट ४२ जनाले भाग लिनेछन्। विदेशतर्फ बेलायतबाट ६, बंगलादेशबाट ५, फिलिपिन्स, सिंगापुर र थाइल्यान्डबाट ४–४, अमेरिकाबाट ३, अस्टे«लिया र भारतबाट २–२, तथा फ्रान्स, भुटान, न्युजिल्यान्ड, भेनेजुएला, मेक्सिको, नेदरल्यान्डस्, मलेसिया र जर्मनीबाट १–१ गरी कुल ३९ जनाले सहभागिता जनाउनेछन्।

क्रस कन्ट्री र डाउनहिल विधाको मिश्रण रहने एन्डुरो एसियनस्तरको माउन्टेन बाइक रेसमा ५ विधामा रेस हुनेछ। एलाइट, लिजेन्ड, फेमेनिनो, एफिसियोनादो र प्रोडिगी स्पर्धामा प्रतिस्पर्धा हुने रेसमा ७ स्टेजमा करिब १३ किलोमिटर रेस हुने आयोजकले जनायो। गत वर्ष नेपालमै भएको एन्डुरो रेसमा पुरुषतर्फ फ्रान्सका फ्लोरेन्ट र महिलातर्फ बेल्जियमकी क्रिस्टिन नेलेन विजेता बनेका थिए।

प्रतिक्रिया दिनुहोस्