अजिंगरको पेटमा हराएको मान्छे



जाकार्ता, (एजेन्सी)
हराइरहेका एक इन्डोनेसियाली पुरुषलाई अजिंगरको शरीरभित्र मृत्त अवस्थामा फेला पारिएको स्थानीय प्रहरीले जनाएको छ। पाम तेल भित्त्याउनका लागि आइतबार घरबाट हिँडेका अकवर नामक ती व्यक्ति सुलाबेंसी टापुबाट हराइरहेका थिए।
प्रहरीले ती २६ वर्षीय युवकको खोजीको क्रममा प्रहरीले एउटा ठूलो अजिंगर भेटिएको र त्यसले मानिस निलेको आशंकामा ७ मिटर लामो उसको शरीर काटेर हेर्दा त्यसभित्र अकवरको लास भेटिएको बीबीसीलाई बताइएको छ।

अजिंगरले जीवलाई मारेपछि मात्र निल्ने गर्दछन्। अजिंगरले बालबालिका र अन्य जनावर निल्ने गरे तापनि वयश्क मान्छे निल्ने घटना बिरलै हुने गरेको छ।
पश्चिम सुलाबेंसी प्रान्तको गाउँको खेतनजिकको खाल्डो हलचल नगरी बसेको अवस्थामा त्यो अजिंगर फेला पारिएको पनि प्रहरीले बीबीसीलाई जानकारी दिएको छ। ब्राविजाया युनिभर्सिटीका विशेषज्ञ निया कुर्नियावानले प्रायः अजिंगर बँदेल वा जंगली कुकुरलाई आहारा बनाउन खेतछेउ ढुकेर बस्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्