कृषि क्षेत्रलाई अर्गानिक वनाउन पहल



कालीवहादुर मल्ल,कालिकोट ।

राराबासको रुपमा चिनियिको बाँकेको गाभर भ्यालीमा कर्णालीको कृषि क्षेत्रलाई अर्गानिक वनाउनका लागि सम्भावना र चुनौतीका बारेमा चर्चा भएको छ । कर्णाली कृषि तथा खाद्य सरोकार समितिको क्षत्रीय परिषद बैठक तथा रसायन र बिषदी मुक्त कर्णाली किन र कसरी भन्ने कार्यक्रममा कर्णालीका बारेमा यस्तो चर्चा भएको हो ।

कर्णाली कृषि तथा खाद्य सरोकार समूहका क्षेत्रीय संयोजक मायाराम महत्तारा, सहयोगी संस्था फरेस्टएक्शनका डा.कृष्ण पौडेल, फस्नोफरका टिका भट्टराई, कर्णाली कृषि तथा खाद्य सरोकार समिति भएका कालिकोट, जुम्ला, हुम्ला, मुगु, डौल्पा र बाजुराका संयोजकहरु, उक्त जिल्लाहरुबाट आएका प्रतिनिधि, अगुवा कृषकहरुको भेलामा कर्णालीको कृषि क्षेत्रको सम्भावना निकै भएपनि रसायन र बिषादीका कारण उत्पादन ह्रास हुदै गएको बताएका छन् ।

उनीहरुले कर्णालीमा निर्बाहमुखी खेती, बर्षेनी खडेरी, सिचाईको अभाव, कर्णालीमैत्री कृषि नीति नहुनु, दक्ष जनशक्तिको अभाव, जलबायु परिवर्तनको प्रभाव, परम्परागत रैथाने बालीको लोभ, रसायन र बिषादीको प्रयोग लगायतका समस्याहरुका कारण कर्णालीको कृषि क्षेत्र धरचसाही भएको बताएका छन् ।
कर्णाली कृषि तथा खाद्य सरोकार समितिका अभियान्ताहरुले समग्र कर्णालीलाई नै अर्गानीक जोनका साथै कर्णालीमैत्री कृषि नीति, कर्णालीमा कृषि बिश्वबिद्यालय, सिचाईको प्रयाप्तता, जैविक मल र जैविक बिषादीको प्रयोग, कर्णालीको भौगोलीकता तथा यहाँको सुस्क, अर्धसुस्क हावापानी अनुसारको प्रबिधि, कृषकहरुलाई तालिम लगायतका आवश्यक कुराहरुको व्यवस्था गर्न सरकारसँग माग गर्ने बताएका छन् ।

कर्णालीमा भएका सम्भावनाहरुको पहिचान हुन नसक्दा कर्णाली सधै अभावको नामले चिनिने बाध्य भएको बताउदै कर्णालीमा अभाव नभई मुलुककै सम्बृद्धि स्थल बन्न सक्ने तागत भएको कर्णाली कृषि तथा खाद्य सरोकार समूह कालिकोटका सदस्य विस्नप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्