भारी मात्रामा गाँजा, चरेश बरामद



मकवानपुर, १५ चैत
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी–२ स्थित नयाँबस्तीको जंगलबाट लागू औषध गाँजा ७ सय किलो र ३५ किलो चरेश बरामद गरेको छ ।

लागू औषध तस्करहरुको समुहले गाँजा बोकी ल्याउँदै छन भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोली उक्त स्थानमा पुग्दा तस्करहरुले प्रहरी टोलीलाई देख्नासाथ फाईरिङ गरे पश्चात प्रहरीले समेत प्रतिकार स्वरुप गोली फायर गर्दा २० वटा बोरामा रहेको उक्त गाँजा र चरेश छाडेर भागेका थिए ।

फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्