मोटरसाईकल बाट लागुऔषध ओसारपसार



नेपाल समाचारदाता, सुनसरी ।

मेटरसाईकलमा लुकाएर ओसार पसार गर्ने क्रममा प्रहरीले लागुऔषध सहित फुलदेव दासलाई पक्राउ गरेको छ ।

धरान उपमहानगरपालीका–७ बस्ने ३० बर्षीय फुलदेव दासलाई प्रहरीले नियन्त्रित लागूऔषध लुपिजेसिक ४९ एम्पुल, डाईजोलोपम ५५ एम्पुल र एभिल ३७ एम्पुल सहित पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोमबार धरान उपमहानगरपालीका– ८ स्थित दास सवार को.१७ प २४३८ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्दा साथबाट उक्त लागू औषध बरामद भएको थियो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्