आरआर क्याम्पसमा प्रहरी र प्रदर्शनकारी वीच ढुंगा हानाहान, झडपमा डिएसपी घाईते



चैत, १५, काठमाडौं  ।
आर आर क्याम्पसमा प्रहरी र प्रदर्शनकारी वीच ढुंगाहानाहान हुँदा डिएसपी सन्तोष तामाङ घाईते भएका छन । विहानै देखी तनावग्रत आरआरमा पेट्रोल बम प्रहार बाट डीएसपी तामाङ घाईते भएका हुन ।

भित्र मतदान भैरहँदा बाहीर पेट्रोल बम समेत प्रहार भएको छ । संयुक्त विद्यार्थी संगठनको नाममा केही विद्यार्थीले चुनाव विथोल्ने प्रयास गरेका छन । झडपका क्रममा सशस्त्र प्रहरीको एकथान सञ्चार सेट पनि हराएको प्रहरीले जनाएको छ ।

काठमाडौंका एसएसपी छबि जोशीले प्रहरीलाई उक्साउन पेट्रोल बम प्रहार गरिएको बताएका छन ।

यता अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले आफूहरुले बम नपड्काएको दाबी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्