एनसेलले ३० देशको कल शुल्क घटायो



नेपाल समाचारपत्र
काठमाडौं
एनसेलका सबै ग्राहकले अब लोकल कलको दरमा विभिन्न ३० मुलुकमा कुरा गर्न सक्नेछन्। एनसेलले चैत १४ गतेदेखि लागू हुने गरी नयाँ योजना ल्याएको हो। जसअन्तर्गत ग्राहकले कर बाहेक मात्र १ दशमलब ९९ प्रतिमिनेटमा ३० मुलुकमा कुरा गर्न सक्नेछन्।

यो योजना १५ दिनसम्म लागू हुनेछ। जसमा एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले भाग लिन सक्नेछन् र लोकल कल सरह विदेशमा कुरा गर्न सक्नेछन्।

भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, हङकङ, जर्मनी, सिंगापुर, स्वीडेन, न्यूजील्यान्डलगायतका देशका लागि यो योजना लागू हुनेछ। हाल यी देशका लागि शुल्क प्रतिमिनेट कर बाहेक १ दशमलब ९९ देखि ४८ दशमलब ९९ रुपियाँसम्म रहेको छ । जस्तै अमेरिकाको लागि प्रतिमिनेट १ दशमलब ९९ र अस्ट्रेलियाको लागि प्रतिमिनेट १५ रुपियँ रहेको छ। यो अफरअन्तर्गत सबै ३० मुलुकका लागि शुल्क करबाहेक प्रतिमिनेट १ दशमलब ९९ रुपियाँ कायम गरिएको छ।

यो अफरको लाभ लिनका लागि एनसेलका ग्राहकले एस्ट्रिक्स् १७१०७ ह्यास डायल गरी यो योजनामा निःशुल्क सहभागी हुन सक्नेछन्। साथै ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर वा १७१०७ मा डायल गरी प्राप्त जानकारीअनुसार पनि यो योजना सुचारु गर्न सक्छन्। यो योजना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने एनसेलको प्रतिबद्धता अनुरुप ल्याइएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्