घोडेजात्रा सम्पन्न



काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यमा विविध अश्वकलाले भरिपूर्ण राष्ट्रिय पर्व घोडेजात्रा समारोह सोमबार एक कार्यक्रमकाबीच सम्पन्न भयो।

अश्वकलाका विविध रोचक कार्यक्रमहरू राइड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, नेपाली सेना र नेपाल प्रहरीको चार्जर घोडा दौड, साइकल रेस, डग शो, घोडाको विकासक्रम, शो जम्प, क्याभलरी राइड, टेन्ट पेगिङ, क्रस टेन्ट पेगिङ, लान्स एन्ड रिङ, स्वर्ड एन्ड लेमन, लान्स हिट प्याग, लान्स सुइरो र क्रिज, हर्ष बल, भल्टिङ, सिक्स वार⁄रेन फ्रि जम्प, म्युजिकल राइड, ट्रिक राइड, क्रसकन्ट्री र डग अब्स्ट्रेकल प्रदर्शन गरिएको थियो।

समारोहमा प्रमुख अतिथि राष्ट्रपति भण्डारीले म्युजिकल राइडमा प्रथम हुनुहुने घोडसवार उपसेनानी सरोज पुडासैनी र द्वितीय हुनुहुने घोडसवार उपसेनानी पशुराम पाण्डे तथा शो जम्पमा प्रथम हुनुहुने घोडसवार हुद्दा लालबहादुर कुँवर र द्वितीय हुनुहुने घोडसवार करणकुमार चौधरीलाई शिल्ड प्रदान गर्नुभएको थियो। यस समारोहमा प्रथम पटक शो जम्पमा महिला सैनिक सिपाही हरिकुमारी गुरुङले समेत सहभागिता जनाउनुभएको थियो।

कार्यक्रममा उपराष्ट्रपति, प्रधान न्यायाधीश, मन्त्रीहरू, पूर्वप्रधानमन्त्री, नेपाल सरकारका सचिवहरू, राजदूतहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, पूर्वप्रधान सेनापतिहरू, विभिन्न विदेशी दूतावासका सैनिक सहचारीहरू, नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथीवृन्द एवं अधिकृतहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरू, सञ्चारकर्मीहरू, परिवारजन तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यमा विविध अश्वकलाले भरिपूर्ण राष्ट्रिय पर्व घोडेजात्रा समारोहको झलक तथा ज्यापु समाजले सोमबार राजधानीमा आयोजना गरेको एकल घोडा कुदाइ जात्रामा सहभागी बल्खुका लक्ष्मण महर्जन।              तस्वीरः रवी महर्जन⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्