फिजीमा डेंगुविरुद्ध राष्ट्रिय अभियान



सुभा, (एजेन्सी)
फिजिमा डेंगुविरुद्ध राष्ट्रिय अभियान शुरू गरिएको छ। स्वास्थ्य र औषधि सेवासम्बन्धी मन्त्री रोसी अकवरले बुधबार राष्ट्रिय अभियान शुरू भएको जानकारी दिनुभएको हो।

उनले संसद्मा सम्बोधन गर्दै भनेका छन्– ‘स्वास्थ्यकर्मीहरूको टोली डेंगु प्रभावित क्षेत्रमा लगातार खटिएको छ, समुदायलाई आवश्यक सम्पूर्ण सेवा दिन हाम्रो टोली सदैव तयार छ। हामीले लामुखट्टेको टोकाइबाट बच्न आम नागरिकलाई आह्वान गरेका छौं, लामखुट्टे मार्ने अभियान पनि सँगसँगै भइरहेको छ।’

उनले अभियान चलिरहेका बेलानजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गर्न पनि सबैलाई आह्वान गरेका छन्।

विगत १५ वर्षदेखि हरेक पाँच⁄पाँच वर्षको अन्तरालमा फिजीमा यस्तो अभियान सञ्चालन गर्ने गरिएको उनले जानकारी दिएका छन्।

डेंगुको समर्पण हुन नदिनेतर्फ सतर्क नहुँदासम्म डेंगुको संक्रमण नियन्त्रण हुन नसक्ने भएकाले त्यसतर्फ सतर्क हुन पनि उनले सबैलाई आग्रह गरेका छन्। फिजीमा सन् २०१७ को पहिलो दुई महिनामा मात्रै १ सय ५० जनामा डेंगुको संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्